प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्र सिन्धुपाल्चोकको उम्मेदवार सिफारिस
मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ...
