गठबनधनलाई जिताउँन एक ढिक्का भएर लाग्ने नगर काँग्रेस चौताराको निर्णय
नेपाली काङग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाले सबै एक जुट भएर गठबन्धनलाई जिताउँने निर्णय गरेको छ । नेपाली काँग्रेस नगर इकाई सभापती इन्द्रलोचन धितालको अध्यक्षतामा बसेको बैठक बैठकमा नगर सचिब भगवान खड्काले नगरपालिपकाका १४ वटा वडा मध्य ५ वटा क्षेत्र न १ मा पर्ने र ९ वडा २ मा पर्ने भएकाले दुबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाईजिताउँन के कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्न बैठक बसेको बताउँनु भयो । बैठकमा बोल्ने १४ वटै वडाका प्रतिनिधीहरुले आ–आफ्नो वडामा भएका समस्याहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेस सदस्य प्रेम दङ्गालले वास्तवमै जिल्लाका लोकप्रिय नेता मोहन बहादुर बस्नेत बिकासका लागि आबश्यक नेता भएको हामी काँग्रेस मात्र होइन माओबादिले समेत स्वकारी सकेको अबस्थामा काङ्ग्रेसले पनि एक भयर गठबनधनलाई जिताउँन लाग्न पर्ने बताउनु भयो । जिल्ला कार्यसमितिका सदस्य दिपक अर्या...
