सम्पर्क

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुवोध),को बिशेष अतिथ्यतामा चौताराको आलडाँडामा कार्यक्रम भएको थियो । सहभागी सबै ले बस्नेत जिल्ला बिकासको अभिभावक भएको भन्दै मंसरि ४गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाइ जिताउँन अनुरोध गरेका छन ।कार्यक्रममा प्रमुख अतिथीका तर्फबाट बोल्दै बस्नेतले आफु जिल्लाको बिकास कसरी गर्ने र दुखमा परेका नागरिकलाइ कसरी सहयोग गर्ने भन्ने बिषयमा काम गरीरहेको बताउँनु भयो । उँहाले कांग्रेस गठबन्धनमा जहिलेपनि इमान्दार रहेको र अब पनि इमान्दार रहने बताउदै सिन्धुपाल्चोकको सबै क्षेत्रमा विजय हासिल गर्ने दावि गर्नुभयो । कार्यक्रममा बोल्दै बस्नेतले बाहिर हल्ला गरीए जस्तो हराउन र सकाउन लाग्ने कुरामा सत्यता नरहेको दावि गर्नुभयो । कार्यक्रममा नेता विकास लामा, बंशलाल तामाङ ,आईतमान तामाङ ,विष्णु विक्रम थापा , डा.प्रेमध्वज लामा बालकृष्ण बस्नेत लगायतका नेताहरु ले गठबन्धनमा एक भएर जानुको विकलल्प नरहेको समेत बताउँनु भएको छ ।कार्यक्रममा बिशेष अतिथीको तर्फबाट बोल्दै क्षेत्र नै का उम्मेदवार माधब सापकोटा सुबोधले गठबन्धन राजनीतिक स्थिरता,संविधान रक्षा र मुलुक समृद्धिका लागि भएको बताउँदै गठबन्धनका सबै ६ उम्मेदवारको विजय सुनिश्चित रहेको दाबी गर्नु भयो । उँहाले सिन्धुपाल्चोकको बिकासको अभिभावक मोहन बस्नेत भएको हँुदा जिल्लाको बिकासका लागी पनी जिल्लाबासीले गठबन्धनका उम्मेदवाररहरुलाइ जिताउँने बताउँनु भयो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्यले साझा उम्मेदवारहरुलाई जिताउँनका लागी आफ्नो पार्टीको बलियो साथ रहने प्रतिवद्धता ब्यत्त गर्नुभयो । गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउनु पर्ने र हार्ने छुट नभएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी कार्यकर्ताहरुले गठबन्धनका छ जना उम्मेद्वारहरु जन पक्षीय र बिकास प्रेमी रहेकाले पनी गठबन्धनको जित निश्चीत भएको बताएका छन ।