नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाइ सिन्धुपाल्चोकका नव निर्बाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन । गत असोज २८ गते भएको बारको १७ औ अधिवेशनवाट भुपेन्द्र थिङको अध्यक्षतामा नयां कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ माननिय जिल्ला न्यायधिस विदुर कोइराला द्धारा शुक्रबार सपथ ग्रहण गराउँनु भए सँगै नवनिर्बाचित पदाधिकारीहरुले आआफ्नो पदभार ग्रहण गरेका छन । बारको निर्वाचन संयोजक रोहिणीराज जोशी ले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति अध्यक्ष लगायतलाइ जिल्ला अदालत सिन्धुपाल्चोकको तर्फवाट माननिय जिल्ला न्याधिस विदुर कोइराला र श्रेस्तेदार राजेन्द्र वाग्ले ले बधाइ साथमा खादा टिका लगाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष श्री रोहिणीराज जोशीले गर्नुभएको थियो भने कार्यक्रम माननिय जिल्ला न्याधिश विदुर कोइरालाको प्रमुखआतिथ्यतामा भएको थियो ।सो अबशरमा नवनिर्वाचित अध्यक्ष थिङले बार सवैको साझा सस्था हो बारको मुख्य काम भनेको मानव अधिकारको रक्षा गर्नु हो । सवैको साझा सहयोगमा वारलाइ सर्वपरि बनाउन पर्छ आगामी कार्यक्रममा सवै सदस्यलाइ समेट्दै न्याय सम्पादनमा वारको अहंम भूमिका निर्वाह गर्ने बताउनु भयो । जिल्ला वार इकाइमा नव निर्वाचित कार्यसमितिहरुमा प्रमाणपत्र वितरण र सपथ ग्रहण पदभार हस्तान्तरण अदालतवाट स्वागत गरिएको अहिलेसम्म कै पहिलो कार्यक्रम भएको मा आफुहरुलाइ खुशी लागेको समेत अध्यक्षले बताउँनु भयो ।
