संविधान रक्षा संरक्षण र स्थायी बिकासका लागी गठबन्धन आजको आबश्यकता भएको र राज्यको आवश्यकता हेरेर नेपाली काँग्रेसले गठबन्धन गरेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।
नेपाली काँग्रेस सँधै जनताको पक्षमा काम गर्दै आएको र नागरिकको समस्या समाधान गर्न काँग्रेसको नेतृत्वको आवश्यक भएकाले गठबन्धन भएको बताउँदै जिल्लाको बिकासका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला २ नं क्षेत्र इन्द्रावती गाँउपालिका ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रावती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापन कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले यस्तो बताउँनु भएको हो । केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी स्थानीय नागरिकको समस्या समाधानका लागी आफु सँधै खटिरहने बताउँदै गठबन्धनलाई चुनाव जिताएर जिल्ला बिकासमा सहयोग गर्न सबैमा अनुरोध गर्र्नुभयो ।
उँहाले शिक्षा बिकासका लागी र तत्काल समस्या परेकाहरुको समस्या समधान गर्न पहलका लागी इन्टरनेटको आवश्यक भएकाले फ्रि वाइफाईको ब्यबस्था गर्ने र हरेक पालिकाहरुमा स्थायी पक्की पुल, बिजुली नपुगेका ठाँउमा बिजुलीको व्यस्तगर्ने स्वास्थ्य लगायत स्थानीयलाई रोजगारका लागी स्थानीय स्तरमा नै आयआर्जनको ब्यवस्था गर्नका लागी गठबन्धनलाई जिताउँन सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बिशेष अतिथी पुर्ब सामाजिक बिकास मन्त्री युवराज दुलाल शरदले आफु सामाजिक बिकास मन्त्री हुँदा माग र आबश्यकता हेरेर स्थानीय बिकासका काम गरेको बताउँदै यस पटक झन आफुले बिकासे नेता एवम राजनिती अभिभावक पाएकाले यस क्षेत्रको मुहार फेर्ने बताउँदै त्यसका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । नेपाली काँग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाले बिकासे नेता मोहन बहादुर बस्नेत लगायतको गठबन्धनलाई निर्वाचन जिताउँन अपिल गर्दै बिकासका हरेक काममा स्थानीय नागरिकको समस्या समाधानमा लागेका एक अशल क्षमतावान ब्यक्तित्व मोहन बहादुर बस्नेतले यस क्षेत्रको पनी नेतृत्व गर्न लागेकोले अब यस क्षेत्रको बिकासले गति लिने यँहाका नागरिकलाई परेका बिपदको घाउमा तत्काल मलम लगाउँन सहज हुने भएकाले आफु लगायत २ नं क्षेत्रका बिकासप्रेमी नागरिकहरु खुशी रहेको बताउँनु भयो । नेपाली काँग्रेसका पुर्ब जिल्ला सभापती बिकास लामाले सिन्धु काँगेसमा बिपक्षीले भने जस्तो नभएको बताउँदै बिकासका लागी मोहन बस्नेतको यस क्षत्रमा खाँचो पनी भएको र पाटी केन्द्रको निर्णय पनी त्यही भएकाले उँहालाइ प्रतिनीधी सभाको यस २ नं क्षेत्रबाट प्रतिनिधित्व गर्नका लागी गठबन्धनका उम्मेदवारलाई जिताउँन लागी परेको र पाटी भित्र पनी खुल्ला बहस गर्न सकिन्छ तर घात अन्तरघात गर्न कसैलाई पनी छुट छैन भन्नु भयो । गाँउपालीकाको पुर्ब अध्यक्ष समेत रहनु भएका नेपाली काग्रेसका नेता बंशलाल तामागंले पाटी सबै साथीहरुलाई एक भएर गठबन्धनलाई जिताउँन लागी पर्न अनुरोध गर्दै सम्पुर्ण नागरिकले यस क्षेत्रको बिकासका लागी पनी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस २ नं क्षेत्रका क्षेत्रीय सभापती आइतमान तामागंले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी मोहनबहादुर बस्नेतले बिगतमा गरेका कामहरुका कारण नै जिल्लामा नेपाली काँगे्रस पहीलो पाटी भएको स्पष्ट पार्दे यस क्षेत्रमा पनी बिकासका लागी उँहाको आबश्यकता परेको हुँदा यस क्षेत्रको बिकासको जिम्मा नपाली काँगेसका मोहन बस्नेतका साथै गठबन्धनका नेताहरुलाइ जिताउँन लाग्न सबैमा अनुरोध गर्नुभयो । उँहाले क्षेत्रका सबै पालीका, वडा लगाएत भात्रृ सस्थाका पदाधिकारी तथा सबै कार्यकर्ता एक भएर इमान्दारीताका साथ गठबन्धनको पक्षमा मता मागेर बिकासे नेतालाइ जिताउँन पाटीका कार्यकर्तालाइ निर्देशन दिनु भयो । बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बस्नेत, लगायतका टोलीहरु चौतारा साँगाचोकगढी नगरपालिका ६ पिपलडाँडा हुँदै , इन्द्रावती गाउँपालिका अन्तरगत , झ्याडी , कुन्चोक जौंडाँडा , नवलपुर हुँदै ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रवाती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापान कार्यक्रम मा सहभागी हुन पुगेको थियो । कार्यक्रमका सभापती जिबन थापा मगरले यस क्षेत्रको बिकासका लागी बस्नेत लगायत दुलालको प्रतिनिधतिव हुँदा दुबै बिकास प्रेमी भएकाले पनी नागरिकले आफ्नो अमुल्य मत दिएर जिताउँने बताउँनु भयो ।
