सम्पर्क

विद्यालय परिषदमा दुलाल

देबराज सुबेदी ,नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनुभएको छ । यसैगरी उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने , बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभएको छ । मेलम्चीमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुले विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासंघ मेलम्चीका अध्यक्ष शिवप्रसाद ढुगाँना , हेलम्बु सदस्य तेजराम भण्डारी, इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ , एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष यादव दुलाल,रेडियो मेलम्चीका म्यानेजर देवराज सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।