सम्पर्क

सिन्धु नेकाको पाटी सभापती लामा गठबन्धनको कमाण्डर

लोकतान्त्रीक बाम गठबन्धन दल सिन्धुपाल्चोक को बैठकले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती श्री जंग बहादुर लामा लाई लोकतान्त्रीक वाम गठबन्धन दल सिन्धुपाल्चोक को निर्वाचन परिचालन समितीको संयोजक तोकेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा क्षेत्र नं २का मोहन बहादुर बस्नेत को प्रमुख अतिथ्यतामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं १का प्रतिनिधी सभाका उम्मेदवार माधब सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा २ नं क्षेत्र प्रदेसक बागमती प्रदेसका उम्मेदवार यूवराज दुलाल ,नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्य नेपाली कांग्रेस नि वर्तमान केन्द्रीय सदस्य बिष्णु बिक्रम थापानेकपा माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्ष तथा क्षेत्र नं १ बागमती प्रदेस सभाका उम्मेदवार सरल सहयात्री , नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सदस्य चिरन्जीवी आचार्य , नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य चन्द्र सापकोटानेपाली कांग्रेस जिल्ला सचिव भक्त ध्वज बोहरा ,नेपाली कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी , नेपाली कांग्रेस जिल्ला प्रवक्ता नबराज भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष दिर्ग बहादुर सुवेदी , नेपाली कांग्रेस क्षेत्रिय सभापती क्षेत्र नम्बर १ बाल कृष्ण बस्नेत , नेपाली कांग्रेस निवर्तमान जिल्ला सभापती बिकाश लामा,सचिव महाधिवेशन प्रतिनीधी बिल बहादुर तामाङ्ग, नेपाली काग्रेसका निवर्तमान पदाधिकारीहरु ,लगाएतको बिशेष उपस्थितीमा भएको बैठकले लामालाइ संयोजक तोकेको हो । लामाको संयोजकत्वमा बनेको जिल्ला निर्वाचन परिचालनसमितीले जिल्ला भित्रका सबै वडा र टोलमा समेत निर्वाचन परिचालन समिती गठन गर्ने र तुरुन्तै प्रचार प्रसारमा लाग्ने र आगामी मंसीर ४ गतृको निर्वाचनमा गठबन्धनलाइ निर्वाचन जिताउँने मुख्य जिम्मेवारी रहेको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य सम्पादन समिती को बैठकलेपनी   जिल्ला सभापति श्री जंग बहादुर लामा को संयोजकत्वमा ४९९ सदस्य निर्वाचन प्रचार प्रसार समिती गठन गर्ने समेत निर्णय गरिएकोछ ।