सम्पर्क

निर्वाचन नजीकीदै गर्दा दलहरुका कार्यक्रममा तिब्रता

आगामी मंसीर ४ गते को दिन नजीकीदै गर्दा चुनावी प्र्तिस्पर्धामा रहेका दलहरु ले बिभिन्न कार्यक्रम गर्दै मतदातालाइ आफ्नो पक्षमा तान्न थालेका छन । नेपाली काँग्रेस सहीत नेकपामाओबादी, नेकपा समाजबादी, राष्ट्रीय जनमोर्चा ले सयुक्त रुपमा गठबन्धनका उम्मेद्वारलाइ जिताउँन अपील गरे सँगै गठबन्धन दलहरुले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाइ तिब्रता दिइरहेका छन । यसै सन्धर्भमा गठबन्धनका तर्फबाट बिहीबार राजधानीमा एक कार्यक्रम भएको छ। कर्यक्रममा प्रमुख अतिथीको तर्फबाट शुभकामना दिदै पुर्ब मन्त्री नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र न २का उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बिकासका लागी आफुले निर्वाचन लडेको बताउँदै टुरीष्ट भनेको केहो? स्पष्ट हुन पर्ने बताउँनुभयो । आफु समग्रमा दुखी पिडीतलाइ सहयोग गर्दे आएको, बिकासका काममा आफुले गरेका कामहरुको नागरिकले मुल्याकंन गरिरहेको बताउँनु हँदै यस क्षेत्रमा अरु पाटीहरुले १० बर्ष सम्म गर्न नसकेको बिकासका काम आफुले ५बर्ष मै गरेर देखाइदिने बताउँनु भएको कार्यक्रममा सहभागी सञ्चार कर्मी रामचन्द्र दुलालले जानकारी दिनु भयो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ क्षेत्रीय कार्यसमिती द्वारा आयोजित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मा उँहाले यस्तो बताउँनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ क्षेत्रीय सभापति आईतमान तामाङ को सभापतित्वमा भएको कार्यक्रममा प्रदेस कका उम्मेदवार युबराज दुलाल शरदले बिकासका लागी आफुहरु रातोदिन खटेर जनताको पक्षमा कामगरी रहेको बताउँदै बिकासका लागी गठबन्धनलाइ जिताउँन आबश्यक रहेको बताउँनु भयो । , पुर्ब गृह राज्यमन्त्री बिष्णु ब्रिकम थापा, सिन्धुपाल्चोक जिल्लाका जिल्ला सभापती जंग बहादुर लामा क्षेत्र नं २ प्रदेशस क का उमेदवार युवराज दुलाल क्षेत्र नं २ प्रदे ख का उमेदवार कृष्ण कुमार तामाङ, एकिकृत समाजवादी पार्टी सिन्धुपाल्चोककी नेतृ भगवती नेपाल नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाका निवर्तमान जिल्ला सभापति विकास लामा, ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष नेपाली काँग्रेसका वंशलाला तामाङ बाग्मती प्रदेश निवर्तमान प्रदेश सांसद तथा स्वास्थ्यमन्त्री निमा लामा, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्लाका महासमिती सदस्य र महाधिवेशन प्रतिनिधि, तथा नेपाली काङ्ग्रेस काठमाण्डौमा रहेर बिभिन्न पेशामा काम गरिरहेका विभिन्न तह र तप्काका नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो भनाइ राख्दै नेताहरुले मोहन बहादुर बस्नेतलाइ २ं क्षेत्रमा चुनाव लड्दै गर्दा अनाबश्यक टिका टिप्पणी गर्ने होइन बस्नेतले चुनाव अगाडी पनी यस क्षेत्रका ठुला ठुला योजनाहरु म सहयोग गरेको बाढी पहीरो भुकम्प पिडीतलाइ तत्काल राहातमा जुटेका नेता भएकाले लाइ जिताएर २ नं क्षेत्रको बिकासमा लाग्न पर्ने बताउँनु भयो । कार्यक्रममा गठबन्धनका उम्मेद्वाहरु लाइ जिताएर जिल्लाको बिकासमा लाग्ने बताएको दुलालले जानकारी दिनु भयो । यसै बिच चौतारासाँगाचोकगढी नगरपालीकाको आहालडाँडामा सुक्रबार संयुक्त रुपमा चियापान तथा शुभकामना आदानप्रदान र उम्मेदवारको परिचय कार्यक्रम को आयोजना गरेको नेपाली काँग्रेस चोताराािँगाचोकगढी नगरसमितीका सभापती इन्द्रलोचन धितालले जानकारी दिनु भएको छ । नगर स्तरीय गठबन्धद्धारा आयोजित कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधिसभा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार काँग्रेस केन्द्रिय सदस्य मोहन वहादुर बस्नेत र प्रतिनिधिसभा क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवार माओवादी युवा नेता माधव सापकोटा सुवोधको बिषेश आतिथ्यतामा कार्यक्रम गर्न लागिएको धितालले जानकारी दिनु भयो । उँहाका अनुसार विहान ११ बजे शुरु हुने कार्यक्रमा प्रमुख अतिथी, बिशेष अतिथी का साथै गठबन्धनका उम्मेदवाार मसिना खड्का,सरलसहयात्री पौडेल,युवराज दुलाल शरद कृष्ण कुमार लामा समिरले आआफ्ना बिचार राख्ने कार्यक्रम समेत तय भएको छ । यसै बिच सिन्धुपाल्चोकको सत्तागठबन्धनमा आवद्ध पाँच दलका नेताहरुले गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन । संविधानको रक्षा,स्थिरता र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न उनीहरुले संयुत्त अपिल गरेका हुन । नेपाली काँग्रेसका जिल्ला सभापति जंगवहादुर लामा,माओवादी केन्द्रका अध्यक्ष गोविन्द पराजुली,एकिकृत समाजवादीका नवराज पौडेल र राजमोका दीर्घवहादुर सुवेदीले संयुक्त अपिल जारी गर्दै गठबन्धनवाहेक दायाँवायाँ नगर्न र आम मतदातालाई समेत यसैमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । उता मुख्य प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमालेले पनी सिन्धुपाल्चोकमा शुभकामना आदन प्रदान कार्यक्रमलाइ तिब्रता दिइरहेको छ भने अर्काे पाटी राप्रपा पनी घर दैलो अभियानमा लागेको छ ।