सम्पर्क

नेपाल ज्योतीष परिषद जिल्ला कार्यासमिती गठन

नेपाल ज्योतीष परिषद सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिबेशन बुध बार सम्पन्न भएको छ । नेपाल ज्योतीष परिषद केन्द्रीय उपाध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख आतित्थ्यतामा चौतारामा सम्पन्न भएको हो । परिषदका केन्द्रीय सदस्य शिबलाल पौडेल,बिशेष अतिथी र बागमती प्रदेश का अध्यक्ष बिष्णु प्रसाद तिमिल्सीना लगाएत बरिष्ठ ज्योतिषहरुको उपस्थितीमा भएको सभाले ज्योतीष परिषद जिल्ला कार्यासमिती समेत चयन गरेको छ । गणेश प्रसाद पौडेल को अध्यक्षतामा गठीत कार्य समितीमा उपाध्यक्ष तेज नारायण सापकोटा सचिव सुर्य पौडेल सहसचिव हरिप्रसाद सापकोटा कोषाध्यक्ष बाबुराम नेपाल रहनु भएको छ । यसै गरी सदस्यहरुमा शम्भु प्रसाद नेपाल, भुपेन्द्र भट्टराई, याम प्रसाद शर्मा चयन हुनु भएको छ । स्वस्तीक मन्त्र वाचन गर्दै मैन बत्ती बालेर प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष लेखनाथ न्योपानेले एकसमारोहका बिच कार्यक्रम उद्धघाटन गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल ज्योतीष परिषद बागमती प्रदेस का कोषध्यक्ष भिम प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा ज्योतीष परिषदका बागमती सनातन धर्मका अभियानता बयोबृद्ध समाज सेवी केशब नाथ उपाध्यय, बागमती प्रदेस का परिषद बरिष्ठ उपाध्यक्ष नरेन्द्र राज सेढाइ, महासचिब दिपक शर्मा दाहाल,सदस्य हरुमा हरी प्रसाद पौडेल काभ्रे जिल्ला परिषदका उपाध्यक्ष नारायण प्रसाद दाहाल लगाएतका ज्योतीष परिषदका पदाधिकारीहरुको बिशेष उपस्थितीमा भएको कार्यक्रमको सभापतीत्व भने गणेश प्रसाद पौडेलले गर्नु भएको थियो ।