बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भुकम्प मापन तथा सुचना केन्द्रका मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोक जिल्ला र चिनियाँ सीमा क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको हो । काठमाडौं उपत्यका, रामेछाप ओखलढुङ्गा लगायत चिनियाँ सीमा क्षेत्रसँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ ।
