सम्पर्क

राजनिती

बचन बद्धता पुरा गर्दै पौडेल

जिबनशैली, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ८का वडा अध्यक्ष बिमल पौडेलले आफुले बोलेको बचन पुरा गर्न लाग्नु भएको छ । स्थानिय निर्बाचनको बेला आफुले निर्वाचन जिते पछी सरकारले दिने सुबिधा रकम नलिने सो रकम उपलब्धीमुलक काममा लगाउँने प्रतिबद्धता गरेको पौडेलले पहीलो चरणमा आएको वडा अध्यक्षको भत्ता बाट बिद्यालयलाइ कम्प्युटर खरिद गरि दिनु भएको छ । सरकारले दिएको सुविधा जनताकै लागि खर्च गर्ने प्रतिबद्धता सहित निर्वाचित हुनु भएको बाह्रबिसे –८ का वडा अध्यक्ष पौडेलले प्रतिवद्धता पुरा गर्न पहिलो चरणमा आएको भत्ता तथा सुविधा स्वरुप श्री सेतिदेवि पन्चकन्या आ. वि जम्बुलाइ १थान कम्प्युटर सेट प्रदान गर्नुभएको हो । कम्प्युटर प्रदान गर्दै अध्यक्ष पौडलले भन्नु भयो “मैले गरेको प्रतिबद्धता अनुसार काम सुरु भइसकेको छ । अव बाँकि बिध्यालयमा पनि बिद्यालयको माग अनुसार आवश्यक कुराहरु खरिद गरि शिक्षा क्षेत्रमा दिन र हु...

महिनादिनमै स्वतन्त्र पाटीले गठन गर्‍यो सातै प्रदेशमा समिति

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
अस्मीता पराजुली काठमाण्डौ राजनीतिमा संक्षमयुवा पुस्ताको नेतृत्वको अपरिहार्यतादर्शाउदैसंचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीजन्माउँनु भएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गर्नेु भएको छ । २०७९ असार१७ मा औपचारिकतापाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचार प्रसारमा लागी परेको छ । घण्टी चुनाव चिन्हपाएको पार्टीलाई विस्तार गर्दै संक्षमवर्गबाट देश निर्माणको अभियानलिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहितको टोलीले पुर्व देखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । रास्वपाका प्रवक्ताडा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिमप्रदेश, लुम्बिनीप्रदेश, कर्णाली,बाग्मती, र मधेश प्रदेशगरि सातै प्रदेशमाप्रदेश तथाजिल्लासमिति गठन भैसकेक...

नागरिकता बिधेयक फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
बिगत लामो समय देखी बिबादमा रहेको नागरिकता बिधेयक फिर्ता भएको छ । नेपालमा सघींयता लागु भए देखी नै नागरिकता बिधेयक ससंदमा पेश गर्न माग भइ रहेको थियो । तर बर्तामान सरकारले यो बिधेयकलाइअगाडी बढाएर राष्ट्रपति समक्ष प्रमाणीकरणका लागी पेश गरे पनी राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको राष्ट्रपति को कार्यलय बाट जारी विज्ञप्तिमा उल्लेख छ । नागरिकता विधेयक संसदले पास गरेसँगै नागरिकता पाउनबाट वञ्चित भएका नागरिक नागरिकता पाउने आशामा थिए । तर कतिपयले भने सरकारले नागरिकताजस्तो विषयलाई निकै सहज बनाएको भन्दै यसले राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने तर्क गर्दै आएका थिए । साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले...

निर्वाचन गर्न पूर्ण रुपमा आयोग सक्षम रहेको जानकारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौं निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउँन आयोग पुर्णरुपमा सक्षम रहेको जनाएको छ । सरकारले निर्वाचन घोषणा गरे लगत्तै पत्रकार सम्मलेन मार्फत आयोगले यस्तो धारणा राखेको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको वक्तव्यमा भनिएको छः विक्रम संवत् २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नेगरी आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तोकिएकोमा निर्वाचन आयोगले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले भनेको छ– सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग पूणर्रूपमा प्रतिवद्ध छ ।प्रेस ४१९ आयोगले दिएको परामर्श अनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधान...

आगामी मंसरि४गते चुनाव मतदाता नामवली बन्द

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । यस सँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रकृया समेत बन्द गरी निर्वाचनका कार्यक्रममा लाग्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा प्रदेस सभाको निर्वाचन मंसिर ४ गते एकै पटक गर्ने निर्णय गरेको हो । बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो।निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो भने यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र...

नगर प्रमुख आइतमान तामाङ्गद्धारा चेक हस्तानन्तरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ्गले रु एकलाख रुपैयाको सहयोग रकम हस्तानन्तरण गर्नु भएको छ । मेलम्ची –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको हो । लुकिमिया रोग संग संघर्ष गरि रहनु भएका १५ बर्षिय थापा मगर लाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधवार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशिलको बुवा चन्द्र बहादुरलाई उपचारको लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पको साथीहरु मिली रकम जुटाएको लामाले बताउनुभयो ।आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब ६–७ लाख खर्च हुन सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उहाँको बुवा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ ।...

नागरिकता विधेयक बिरुद्ध राप्रपा द्धारा मेलम्चीमा बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
    राप्रपाले महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर श्रु गरेको आन्दोलनको दोश्रो चरणमा मेलम्चीमा बिरोध र्याली सहीत सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्रको सुनुवाइ नभएको भन्दै आन्दोनगरेको राप्रपाले जनाएको छ । सघीयता खारेजी , महंगी नियन्त्रण, किसानलाई समयमै मल, लगाएतका माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर , लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै...

बाल बिवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया चौतारामा

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बाल बिवाह न्युनिकरण सम्बन्धि चौतारामा एक अन्तर क्रिया कार्यक्रम भयको छ । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगर उपप्रमुख सीता थापाको विशेष अतिथ्यतामा आदिबासि जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रमआगामि दिनमा कसरी बालिववाहलाई सुन्यमा लान सकिन्छ भन्ने र आगामी दिनमा गरिने कायक्रमका बारेमा जानकारि का बारेमा केन्द्रीत रहेको थियो । कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के सि ले बालविवाह गैरकानु नि भयको बताउँदै यस्ताखालका कृयाकलापको अन्त्य गर्नका लागि सबै मिलेर कानुनको पालना गर्न गराउन पर्ने बताउँनु भयो। उँहाले यस्ता कार्यक्रम गाँउ मुखी हुन पर्ने बताउानु भयो । कार्यक्रममा नगर उपप्रमुख सीता थापाले कुनै पनि संस्थाले काम गर्दा कति प...

सुनकोसीमा भयो सहमती गाँउसभा सम्पन्न

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिललाको सुनकोसी गाँउपालिकाको गाँउ सभा सुक्रबार सम्पन्न भएको छ । असार १० गते सुरु भएको गाउँपालिकाको दोस्रो गाँउ सभा स्थगित हुादै आएर शुक्रबार १३गते सम्पन्न भएको हो ।देश्रो गाँउ सभा पहीलो अबिधेशन को तेश्रो बैठकले गाउँपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारीत गरेको छ ।हरेक आर्थीक बर्षको लागी सबै स्थानिय सरकारले असार १० गते अनिवार्य रुपमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने संविधानमा ब्यबस्था भए का कारण सोही दिन सभामा पेश भएको बजेट र नीति कार्यक्रम श्रावण १३ गते अनुमोदन भएको हो । यस अघी असार ३२ गते गाउँपालिकाको सभा बोलाएपनि उपाध्यक्ष सहित बहुमत सदस्यहरु अनुपस्थिती हुनुभएपछि गाउँ सभा स्थगीत भएको थियो ।शुक्रबार सम्पन्न भएको गाउँ सभाले असार १०गते गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपाध्यक्ष कान्छी लामाले चालु आर्थिक व...

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाइ कार्बाही गरिने छ ः अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोहीलाइ पनी कानुनी कार्बही गरिने बताउँनु भएको छ । नेपाल मतदाता अधिकार मञ्चले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै यस्तो बताउँनु भएकोहो । मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहिबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्नुपर्ने माग गरेका छन ।ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउँनुभयो । पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार...