निर्वाचन नजिकीदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक पनी प्रचार प्रसारमा जुटेको छ । राष्टीय प्रजातन्त्रपाटी सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ र २मा अभियानकै रुपमा प्रचार प्रसार कार्यक्रम भइरहेको २ नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंले जानकारी दिनु भयो ।
उँहाका अनुसार राष्टीय प्रजातन्त्र पाटी जनताको पाटी भएको यो पाटीले धर्म,सस्कार र सस्कृतीको जगेर्ना गर्दै नागरिकको समस्या समाभानका लागी लागी पर्ने पार्टी भएकाले पनी राप्रपाले निर्वाचन जित्ने बताउँदै पाटी प्रती आम नागरिकको बिश्वास रहेकाले बिश्वास गुम्न नदीनकका लागी आफुहरु लागी परेको बताउँनुभयो । यसै गरी राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं १ ख कार्यसमिति द्रारा आइतबार आयोजित बडा दशै , शुभ दिपावली, नेपाल संवत, छठ, ल्होछार को शुभकामना आदनप्रदान कार्यक्रम राप्रपा– राष्ट्रिय प्रजातन्त्र पार्टी का निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराको प्रमुख आतिथ्यातामा कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै शम्शेरले चुनाव पछी आफु उपप्रधानमन्त्री बन्ने निश्चत भएको बताउँदै सिन्धुपाल्चोकको बिकासका लागी दिपक थापालाइ बागमती प्रदेसमा मन्त्री बनाउँने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
क्षेत्र नं १का प्रतिनिधीसभाका उम्मेद्धार नारायण जगं पाण्डेले राप्रपाको पक्षमा जनलहर भएको देख्दा आफुलाइ खुशी लागेको बताउँदै आगामी निर्वाचनमा राप्रपाले बिजय हासिल गर्ने बताउँनुभयो ।
