सिन्धुपाल्चोकको क्षेत्र नं.१ मा स्वतन्त्र उम्मेदवार बन्नुभएका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ । नेकपा एमालेका सरेश नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा मुख्य प्रतिस्पर्धी ठानिएको सो निर्बाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट माछा चिन्ह लिएर उम्मेदवार बनेका जिसीको चर्चाले नयाँ तरंग उत्पन्न गरेको छ । नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नु भएका जिसी ब्यबसायसंगै समाजसेवामा पनि उत्तिनै सक्रिय भएको हुनाले स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई ठुलै झड्का लाग्ने बिश्लेषण हुन थालेको छ।देशभर स्वतन्त्रको पक्षमा एक किसिमको माहौल निर्माण हुँदै गइरहेका बेला दलहरूलाई यो क्षेत्रमा उहाँको उम्मेदवारी भारी पर्न सक्ने स्थानीयको तर्क छ । जिसी सिन्धुपाल्चोक जिल्ला सुनकोसी २ ठोकर्पाका जिसी ले दलहरुप्रति निराश बनेका मतदाताहरुका लागि विकल्प बनेको कतिपयको भनाइ रहेको छ। केन्द्रीय गठबन्धनले जिल्लाको यथार्थतालाई नबुझी टिकट दिएकामा असन्तुष्ट रहेका मतदाताले पनी स्वतन्त्र उम्मेदवार लाइ बलीयो आधार बनेको स्थानीय हरु बताउछन् ।निर्बाचन प्रचारप्रसार र घरदैलो कार्यक्रममा ब्यस्त जिसीले आफ्नो उम्मेदवारीप्रति स्थानीयको धारणा अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । राजनीतिक क्षेत्रमा बढ्दो बिकृती रोक्नका लागि पनि आफुले नेपाली कांग्रेसबाट बिद्रोह गरेको बताउँदै राजनीतिमा हावी हुँदै गएको नाताबाद,कृपावाद र सिन्डिकेट प्रथाको अन्त्य गर्ने कुरामा युवाको बिद्रोह आवश्यकरहेकाले पनि आफू उम्मेदवार बन्न बाध्य भएको जिसीले बताउँनुभयो ।
कृषिलाई आयमूलक ब्यबसायमा रुपान्तरण गर्दै कृषकहरूको जीवनस्तर उकास्नु र युवाहरूलाई स्वदेशमै रोजगार बन्ने अवस्थाको सृजना गर्नु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको उनले बताए।बिना आयश्रोतका नवधनाढ्यहरुको चुरीफुरी रोकिएन भने छिटै मुलुक श्रीलंका बन्ने खतरा छ।यसलाई रोक्नका लागि पनि राजनीतिलाई ब्यबसाय बनाउनेहरुलाई रोकेर समाजसेवा ठान्ने उम्मेदवारहरुलाई छानीछानी सिंहदरबार पठाउनु पर्ने अवस्था छ अहिले मतदाताहरुले पनि यो कुरा बुझ्नुभएको छ । त्यसैले पनी आफ्नो उम्मेद्धारी रहेको बताएउँदै गाउँ गाँउमा मत माग्न लागी रहनु भएका जिसीले दलहरु भन्दा आफु निकै अगाडी रहेको बताउँनु भयो ।
