सम्पर्क

सिन्धु गठबन्धन दलको संयुक्त भेला काठमाण्डौमा राप्रपाका नेता दाहाल कांग्रेसमा

प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी म.सीर ४ गते हँुदै छ । यसका लागी देसभर राजनीती दल तथा स्तन्त्रहले उम्मेदवारी दिएर आआफ्नो प्रचार प्रसारमा लागेका छन । यसै सन्धर्भमा सिन्धुपाल्चोकका गठबन्धन दलहरुले आईतबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा संयुक्त भेला सम्पन्न गरेको छ । आगमी मंसिर ४ गते हुने चुनावको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, समाजवादी र जनमोर्चाले जिल्लामा एक चरणको संयुक्त भेला तथा छलफल सकेपछि आईतबार काठमाडौंमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि, जिल्लाका बिकासे नेता सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले गठबन्धनमा संका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्दै, गाउँ बस्तिमा पुगेर साझा उम्मेदवारहरुलाई ठूलो मतान्तरले जिताउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बस्नेतले हामी कती मतको अन्तरमा बिजय हुने भन्नेमा रहेको बताउँनु भयो । उँहाले राष्ट््ीय प्रजातन्त्र पाटीका लोकप्रिय नेता फणेण्द्र दाहाल लगाएत राप्रपाका बिभिन्न पालीकाका प्रतिनीधी एमाले लगाइत बिभिन्न पाटी परित्याग गरी काँग्रेसमा प्रबेश गरेकाहरुलाइ एक भएर गठबन्धनलाइ भारी मतको अन्तरले जिताउँन लागी पर्न भन्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार एवं माओवादी पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले क्षेत्र नं २ मा माओवादी र समाजवादीका नेता कार्यकर्ताले रुखको झण्डा बोकेर जति धेरै सक्रियता देखाउँछन, क्षेत्र नं १ मा कांग्रेस कार्यकर्ताले त्यस्तै सक्रियता देखाउनेछन भन्दै उहाँले गठबन्धनमा इमान्दार भएर लाग्न नेता कार्यकर्तालाई अपिल गर्नुभयोे ।  जित लगत्तै विज्ञ विशेषज्ञहरुसँग बसेर योजनावद्ध विकासका लागि खाका तयार गरी मोहन बस्नेतकै नेतृत्वमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।यस्तै क्षेत्र नं २ को क बाट प्रदेश सभाका उम्मेदवार एवं माओवादी पोलिटव्युरो सदस्य युवराज दुलाल सरदले मोहन बस्नेतलाई डाइनामिक र एक्सन ओरिएन्टेड नेता भनेका उहाँले आफू टेष्टेड जनप्रतिनि भएको धारणा राख्नुभयो । क्षेत्र नं १ को प्रदेश सभा ख का उम्मेदवार एवं माओवादीका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले सबै दलको साझा प्रतिनिधि भएर काम गर्ने र योजनाबद्ध विकासको खाकाबारे स्पष्ट समेत पार्नुभएको थियो । एकिकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्य, समानुपातिक उम्मेदवार भगवती नेपाल, कांग्रेस नेता विष्णु विक्रम थापा, विकास लामा, क्षेत्र नं १ को क बाट प्रदेश सभाका लागि प्रत्यक्ष उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को ख बाट प्रत्यक्ष उम्मेदवार कृष्ण कुमार तामाङ समिर लगायत आआफ्नो विचार राख्नुका साथै गठबनधनलाई जिताउन लागि पर्नलाई आग्रह गर्नुभयो । लोकतान्त्रिक वाम गठबन्धनको सिन्धुपाल्चोक काठमाडौं सम्ंपर्क समितिका भेलामा गठबन्धनका तर्फबाट सिन्धुपाल्चोकका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको श्याम पराजुलीले जानकारी दिनु भयो । यसैगरी सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. २ का पुर्व क्षेत्रिय अध्यक्ष फडिन्द्र दाहाल, स्थानिय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी टेक बहादुर तामाङ लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न पार्टी परित्याग गरि थुप्रै नेताहरु नेपाली कांग्रेस प्रवेश समेत गर्नुभएको छ । भेलामा कलाकार चेतन सापकोटा र भिमसेन खतिवडाले गीत प्रस्तुत गरेर माहोल रोमाञ्चित बनाउनुभएको थियो । भेलामा प्रज्ञा भवनको हल भरिभराउ भई ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कलाकार हरुले गठबन्धनलाइ भारी मतको अन्तरमा जितायर सिन्धुको बिकासमा मोहन बस्नेत लगाएत गठबन्धनलाइ जिताउँन शन्देस दिएका थिए भने लाखौ सिन्धुबासीहरुको उपस्थिती रहेको थियो । भेलामा प्रज्ञा भवनको हल भरिएर ठूलो संख्यामा नेता कार्यकर्ता नअटाएपछि बाहिरै बसेर नेताहरुको भनाइ सुनीरहेका थिए ।