सम्पर्क

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

 

नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी
१ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ
हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर चुनावी मैदानमा रहनु भएको छ । हामीले यही गठबन्धनका उम्मेदवारहरुलाइ जिताउँन लागी परेका छौ । हामी शान्तीपुर्ण तरिकाले निर्वाचन सम्पन्न गरी विकासे नेता मोहन बहादुर बस्नेत लगाएतका गठबन्धनका नेताहरुलाइ जिताउँन लागी परेका छौ । यसका लागी गठबन्धनमा रहेका चारवटै पाटीका जिल्ला सभापतीहरु, जिल्ला कार्य समितीहरु, चारवटै पाटीका भात्रृ सस्थाहरु लगाएत सबै सुभेच्छुक सस्थाहरुलाइ निर्वाचन मा गठबन्धनलाइ जिताउँन लागी परेका छौ
२ बिशेष गरि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ अली बढी चर्चीत छ यँहा कसले जित्ला
म पाटी सभापती भएको नाताले पाटीका सबै तहका साथी हरुलाइ नेपाली काँग्रेसका केन्द्रीय सदस्य हाम्रा अभिभावक मोहन बहादुर बस्नेतलगाएत गठबन्धनका उम्मेद्धार सबैलाइ जिताउँन लागी पर्न आग्रह गर्दै २ नं क्षेत्र अली बढी चर्चीत हुनका कारण भने चर्चीत नेता ले निर्वाचन लडेका कारण हुन सक्छ। जित्ने सवालमा मोहन बहादुर बस्नेत,युवराज दुलाल, कृष्ण कुमार तामागंले जित्नुहुन्छ । अहीले सम्मको स्थिती हेर्दा अत्याधिक मतले बिजय भइ सक्नु भएको देखिन्छ खाली कती मतको अन्तरले जितेको हो भनेर घोषणा हुन मात्र बाँकी रहेको छ । आगामी मंसीर ४ गते बिकास प्रेमी जिल्लाबासीको मत ले हाम्रा गठबन्धनका उम्मेदवारहरुले अत्याधिक बहुमतले बिजय हासिल गर्नु हुने छ । खाली कती मतको अन्तरले बिजय हुने भन्ने कुराको जानकारी पाउँन मात्र बाँकी रहेको छ ।
३ गठबन्धनले जित्ने आधारहरु के के हुन त
पहीलो कुरा त तमाम नागरिकको मनमा रहनु भएका मोहन बहादुर बस्नेतले गठबन्धनको नेतृत्व गरिरहनुभएको छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य सिन्धुपाल्चोक जिल्लाको दुवै क्षेत्रमा समान रुपमा काम गर्दै आएको मान्छे ३० वर्षअघिदेखि एसएलसीको कक्षा निःशुल्क गरेका बाढीपहिरो पीडित २ सय जना भन्दा बढी बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गरेको, बाटो पुल बनाएको खानेपानी तथा स्वास्थ्य सेवा दिनका लागी खटिरहनु भएका नेता कोभिडको समयमा अक्सिजनसहितको उपचार केन्द्र र सबै क्षेत्रमा स्वास्थ्य सामग्री पुर्याउने काम गरेका जनतालाई आपत पर्दा सधै मोहन बहादुर बस्नेत जनताका अगाडी तत्काल पुग्ने भएका कारण उँहाको आबश्यकता जिल्ला बासीलाइ भएको हँुदा उँहा लगाएत गठबन्धनमा रहेका सबै उम्मेदवारहरुले गरेका सामाजिक कामका कारण लोकप्रिय बनेका बिकासे समाजसेवी नेताहरु भएका कारण नै जित्ने मुख्य आधार रहेका छन ।

४ अन्तमा तपाइको भनाइ के रहेको छ
मैले भन्न पर्ने कुरा केही छैन तपाइको लोकप्रिय समाचार माध्यमबाट मेरो केही बिचार राख्न दिनुभएकामा धन्यबाद दिदै आगामी मंसीर ४ गतेको मतदानमा गठबन्धनका उम्मेदवारलाइ बिजय गराउँन सिन्धुबासीमा हार्दीक अनुरोध गर्दछु ।