चौतारा ।
सिन्धुपाल्चोक जिल्लालाई दुइ बर्ष भित्रै कृषीमा आत्मानिर्भर रहन सक्ने बताबरण बनाउँने पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालीकामा घर दैलो अभियानमा यँहा आउँनु भएका बस्नेतले जनताका पक्षमा काम गर्न नसक्ने अनी अरुले गरेका कामलाइ पनी देखी नसक्ने निर्वाचनको वेला मात्र कुरा गर्नेलाइ हामीले केही भन्दैनौे आगामी निर्वाचनमा जनताले जबाफ दिने छन भन्दै नेपाली कााग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले वास्तविक नागरिकको समस्या समाधान गर्न आफुले गरेका कामहरुको बारेमा जानकारी दिनुभयो । उँहाले नागरक भोकै रहने, पिडामा रहने नेता चाँही मस्ती गर्नेका बिरुद्ध आफ्नो लडाइ रहेको बताउँदै नागरक स्वस्थ र सुखी रहे मात्र नेताहरु पनी स्वस्थ र सुखी रहने बताउँनु भयो । उँहाले राजनिती गर्नु भनेकै समाज सेवा हो त्यसैले समाजमा रहेका हरेक नागरिकको समस्या समाधान हुने काम गर्नुपर्छ नागरिकलाई झुटा कुरा गरेर काम गर्न नसक्ने सपना देखाउँन नहुने भन्दै आफु जे गर्ने हो त्यही मात्र काम गर्छु भन्ने गरेको र बोलेको काम जसरी पनी गर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लामा कुन पालिकामा के खेती गर्ने , स्वास्थ्य, शिक्षा, रोवगार, सडक, लगायतका कामहरु मागका आधारमा यस अघि पनी गरिरहेको र अब पनी त्यसलाई अझ सशक्त ढंगले आवश्यक परेका ठाँउमा माग बमोजिमका कामहरु गर्ने बताउँनु भयो । उँहाले हरेक धर्ममा आस्था राख्नेहरुले आआफ्ना परम्परा अनुसार ढोग सम्मान गर्ने चलन छ । त्यही चलन अनुसार सबैले गरिरहेकै हुन्छन प्रबेशद्धारमा राखीएका घडामा दक्षीणा राखेको , मन्दीरमा भेटी चढाएका कुरालाई लिएर केही संस्कार बिरोधीहरुलाई नराम्रो लागेको हुन सक्छ । आआप्mना संस्कार र संस्कृतीको संरक्षण गर्न समाज सेवीको दाइत्व हुने समेत बताउँदै आगामी मंसीर ४ गते हुँने निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाका गठबन्धनलाई जिताउँन सबैमा आग्रह गर्नु भएको श्याम पराजुलीले जानकारी दिनु भयो । घरदैलो कार्यक्रबागमती प्रदेस २ का उम्मेद्धार युवराज दुलाल शरदले हामी जनताको समस्यालाइ समाधान गरेर सामाजिक काम मार्फत राजनीती गर्ने भएकाले नहुने र नसक्ने काम नबोल्ने जे गर्न हो त्यही मात्र बोल्ने बताउँदै आफ्नो कार्यकालमा गरेका उदाहरणीय कामहरुको जानकारी नागरकलाइ भएको बताउँदै अब झन आफुलाइ बिकासे नेताको साथ र सहयोग रहेकोले ठुलठुला बिकासका कामहरुलाई सिन्धुपाल्चोक जिल्लाका अभिभावक मोहन बहादुर बस्नेतले गर्ने भए पछी आफुलाइ धेरै खुशी लागेको बताउँदै यस क्षेत्रको बिकासका लागी बस्नेत पाउँनु आफुले ठुलो भाग्यमानी ठानेको बताउँनु भयो । घरदैलो अभियानमा नेपाली काँगेसका पुर्ब केन्द्रीय सदस्य बिष्णुबिक्रम थापा, पुर्ब इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामागं,नेकपा समाजबादीका केन्द्रीय सदस्य भगबवती नेपाल नेकपा माओबादी केन्द्र लगाएत गठबन्धन दलहरुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको समेत पराजुलीले जानकारी दिनु भयो ।
