नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधी सभा क्षेत्र नं २का साझा उम्मेद्वार महोन बहादुर बस्नेतसहीत बागमती प्रदेसका पुर्ब सामाजिक बिकास मन्त्री एवम नेकपा माओबादीको पोलिटब्युरो सदस्य युबराज दुलाल शरदको टोलीले शुक्रबार सदरमुकाम केन्द्रीत रहेर मत दाताहरु सँग भेटघाट गर्नु भएको छ ।
कार्यक्रममा सहभागी मतदाताहरुले जिल्लाको गठबनधनलाइ जिताएर सिन्धुपाल्चोक को बिकास हेर्न चाहेको बताएको प्रचार प्रसारमा संलग्न चौतारा साँगाचोकगढी नगरपालिकाकाका पार्टी सभापती इन्द्र लोचन धितालले जानकारी दिनुभयो । कार्यक्रम अनुसार स्याउले पिपलडाँडा चौताराका नागरिकसँग घरदैलो गर्र्दै पार्टीका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहन बहादुर बस्नेत समक्ष बस्नेत जस्तो बिकासे नेता पाएकोमा खुशी लागेको बताउँदै अब सदरमुकाम चौतारालाई हराभरा बनाउँनका लागी युबराज दुलाल र बस्नेत भए पछी कुनै पनी समस्या नहुने आफुहरुलाइ लागेको स्थानीय चन्द्र बहादुर थापाले बताउँनु भयो । सो अबशरमा स्थानीय नागरिकले चौतारा देखी नवलपुरको बाटो पिच गर्न माग गरेका थिए । बस्नेतले यस्ता बिकासका कामहरु गर्न आफु आतुर रहेको बताउँदै आफु सँधै दुखी पिडीतको पक्षमा रहेकाले आफुलाई परेको समस्या खुलेर राख्न समेत भन्नु भएको नेपाली काँग्रेस नगर समितीका सहसचिब इन्द्र बस्नेतले जानकारी दिनु भयो ।
मतदाता भेटघाटका क्रममा गठबन्धनका प्रदेस सभा १ का उम्मेदवार युबराज दुलाल शरदले आफुहरुले बिगतका दिनमा गरेका कामको व्याज खान नभएर नयाँ योजना सहित मतदाता सामु आएको बताउनुभएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दुलालले आफु पहिले पनि केहि योजना सहित जनतासामु गएको र जन अनुमोदित भए पश्चातआफ्नो वाचा पूरा गरेको बताउनु हँुदै अब जिल्लाको बिकासका लागी आफुले ठुला योजनाहरुको लागी मोहन बस्नेत जस्ता बिकासे नेता पाएकोमा ठुला ठुला योजनाहरु पनी समयमा नै सम्पन्न गर्न सकिने बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्ला मात्र होइन सबै ठाँउमा गठबन्धनको जित निश्चीत रहेको तर कती मतको अन्तरले जित्ने भन्ने कुरा मात्र बाँकी रहेको नेपाली काँग्रेसका जिल्ला सभापती जंग बहादुर तामागंले बताउँनु भयो । लोकतन्त्रलाइ सस्थागत बिकासगर्दे लोकतन्त्र र प्रजातन्त्रको संरक्षणका लागी मतदाताहरुको महत्वपुर्ण भुमिका रहने बताउँनु भयो ।
उँहाले शिक्षा, स्वास्थ्य , सडक बिकास गर्र्दै नागरिकको मन जित्न सफल ब्यक्ती ले नै निर्वाचन जित्ने भएकाले आफुहरु निर्वाचन जित्नेमा ढुक्क भएको बताउँनु भयो । गठबन्धनका उम्मेद्वारहरु त्यस्तै लोकप्रिय ब्यक्ती भएकाले निर्बाचन जित्ने निश्चितता भएको बताउँदै सिन्धुपाल्चोक जिल्लामा हरेक बिकासका र हरेक समस्या समाधानका लागी आफु दिन रात निरन्तर लागी पर्ने बताउँनु भएको छ । बागमती प्रदेसका पुर्ब सामाजिक बिकास मन्त्री एवम नेकपा माओबादीको पोलिटब्युरो सदस्य प्रदेससभा १का उम्मेद्वार युबराज दुलाल शरद ‘गठबन्धन चुनावका लागी मात्र मिलेको हैन जनताको काम गर्ने सवालमा हाम्रो गति पनि मिल्ने भएकाले यो ठाउँको विकासले फड्को मार्छ । 
