सम्पर्क

ब्रेकिङ न्युज २

संस्थागत विद्यालयहरुको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सिन्धुपाल्चोकको आयोजनामा संस्थागत विद्यालयहरुको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आज जुगल बोर्डिङ्ग हाई स्कुल चौतारामा सम्पन्न भएको छ । अंग्रेजी र नेपाली दुबै माध्यममा अलगअलग सञ्चालित प्रतियोगितामा जिल्लाका माध्यमिक तहका संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियोे । सांस्कृतिक सम्पदा ः हाम्रो पहिचान, हाम्रो गौरव विषयक वक्तृत्वकला प्रतियोगिताको दुबै विधामा चण्डेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुल, खुर्सानीबारी बाह्रबिसेले प्रथम स्थान हासिल गरेको थियोे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले दोस्रो स्थान हासिल गरेको थियोे । प्रतियोगिताको दुबै विधामा चण्डेश्वरी इङलिस बोर्डिङ्ग स्कुल बाह्रबिसेका प्रसिस बस्नेत र नेहा लिम्बूले प्रथम स्थान प्राप्त गरे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीका निकेश कडरिया र युनिका थापाले दोस्रो ...

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

ब्रेकिङ न्युज २, समाचार
नेपाल इन्जिनियरिङ कलेज ९नेक०की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल हुनुभएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट हुनु भएको हो । यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् । एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नुहुनेछ । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा य...
नाइस अवार्ड-२०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई बार्षिकोत्सबको अवसरमा कर्मचारी सम्मानीत

नाइस अवार्ड-२०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई बार्षिकोत्सबको अवसरमा कर्मचारी सम्मानीत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
श्रावण २० माधब कार्की नाइस अवार्ड २०२५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ ।नाइस नेपालगन्जले पाचौं नाइस अवार्ड २०२५ नगद १० हजार, सम्मान पत्र सहित काफ्लेलाई प्रदान गरिएको हो । नाइस नेपालगन्जको अयोजनामा साउन २० गते नेपालगन्जमा आयोजित नाइस अवार्ड २०२५ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासँघका केन्द्रीय सचिब तथा नाइस नेपालगन्जका सल्लाहकार नमस्कार शाह, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, एनआइसी एसिया बैंकका लुम्बिनी, कर्णाली र सुदुर...
प्रजिअ बास्तोला र पत्रकार महासघ बिच भेटघाट बहुबिवाह सम्बन्धी ज्ञापन

प्रजिअ बास्तोला र पत्रकार महासघ बिच भेटघाट बहुबिवाह सम्बन्धी ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न आइ पुग्ग्नु भएका नव नियुक्त प्रमुख जिल्ला अधिकारी बन्धुप्रसादबास्तोलाले सिन्धुुपाल्चोक जिल्लामा शान्ती सुरक्षालाइ अझ बढी प्रभाबकारीता बनाउँदै बाढी तथा पहिरोको जोखिम उच्च भएका जानकारी रहेको र मौसम पूर्वानुमानलाई भरपर्दो मान्दै सोही अनुसार पालिकाहरूलाई विपद् व्यवस्थापनमा तयारी गर्न निर्देशन दिइने बताउँनु भएको छ । उँहाले नेपाल पत्रकार महासघंका अध्यक्ष सहितका पत्रकारहरु सँग कुरा गर्र्दै यस्तो बताउँनु भएको हो । उँहाले सूचना अधिकारीबाट सरल र सहज माध्यमबाट जानकारी तथा तथ्यांक लिन सकिने र सेवालाई थप पारदर्शी बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको समेत सो अबशरमा बताउँनु भयो । यसै बिच बहुविवाह सम्बन्धी कानुन संशोधन प्रस्ताव खारेज गर्न सिन्धुपाल्चोकका नागरिक समाजले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई औपचारिक ज्ञापनपत्र ब...
अब अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासनमा दर्ता हुने

अब अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासनमा दर्ता हुने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं । सूचना तथा प्रसारण विभाग बाट हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य अब जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था रहेको जानकारी गराउदैँ विभागबाट दर्ता तथा नविकरणको कार्य रोकिएको जानकारी गराएको छ ।विभागले सोमबार सूचना जारी गर्दै सरकारले केहि नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को व्यवस्था अनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको जानकारी गराउदैँ विभागबाट दर्ता तथा नविकरणको कार्य रोकिएको जानकारी गराएको हो ।छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था गरिएको छ । उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । स्थानीय अधिकारीले आवश्यक जाँचबुझपछि अनलाइन सञ्चारमाध्यम दर्...

प्रतिनिधिसभामा बहुविवाह कानुन बनाउने तयारीमाथि विरोध

ब्रेकिङ न्युज २, समाचार
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाउनुभएको छ । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले बहुविवाहको छुट पाउने विधेयकलाई महिला समानता र संविधानप्रदत्त अधिकारमाथिको कुठाराघात रहेको बताउनुभयो । “पहिलो पत्नीसँग मन मिलेन भने सम्बन्धविच्छेद गरेर अर्को बिहे गरे भइहल्यो, त्यो अधिकार छँदैछ । बहुविवाह गर्न पाउने कानुन संविधानको मर्म भावना र संयुक्त राष्ट्र सङ्घको महासन्धि सिडविरुद्ध ठुलो प्रहार हो”, उहाँले भन्नुभयो । श्रेष्ठले प्रस्तावित विधेयकले सम्पूर्ण महिलालाई चुनौती दिने कार्य भएको र महिलाहरू त्यसको डटेर विरोध गर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभाभित्र गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नहुनु दुःख...

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

ब्रेकिङ न्युज २, समाचार
विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो । यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ । यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरुगर्दै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताउनु भयो । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ व...

रामेछाप सेवा समाज कतारको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रबिन कार्की सर्वसम्मत

बिदेश, ब्रेकिङ न्युज २, समाचार
  दर्शन सुनार/लोकप्रिय दैनिक, कतार रामेछाप सेवा समाज कतारले “सातौँ अधिवेशन” तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । समाजका काःवा अध्यक्ष रबिन कार्कीको सभापतित्व तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललित कुमार तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट रामेछाप जिल्ला खाडांदेवी गाउँपालिका वडा नं. ५ का रबिन कार्की आगामी कार्यकालका लागी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा आशिष मोक्तान तामाङ, प्रथम उपाध्यक्षमा बुद्धिराज तामाङ (राज), द्वितीय उपाध्यक्षमा शुभ राज सुनुवार, महिला उपाध्यक्षमा ममता रानाभाट खत्री, महासचिवमा कविता खत्री, उप–महासचिवमा प्रकाश दर्नाल (शीतल),सचिवमा राजु मगर कोषाध्यक्षमा जित बहादुर खत्री, र सह कोषाध्यक्षमा सुशन मगर निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्...

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, १७ साउन : प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताउनुभयो । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले रासससँग भन्नुभयो । उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छा...

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको प्रथम भेलाले सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति गठन, अध्यक्षमा विजय नेपाल

ब्रेकिङ न्युज २, समाचार
“विश्वासनीय फोटो पत्रकारिताको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ । जिल्लाभरका फोटो पत्रकारहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त भेलाले नवनिर्वाचित कार्यसमितिको गठन गर्दै स्थानीय फोटो पत्रकारिता क्षेत्रमा अनुशासन, मर्यादा र हकहितको संरक्षणमा सक्रिय रहने प्रतिवद्धता जनाएको छ । भेलाबाट विजय नेपाल अध्यक्ष, मानकाजी तामाङ उपाध्यक्ष, सागर खड्का सचिव, प्रेम लामा कोषाध्यक्ष तथा सुजन श्रेष्ठ सदस्य पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागर प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल समूहका केन्द्रीय सचिव प्रविन कुलुङ राई, बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेललगायत विभिन्न अतिथिहरूको उप...