सम्पर्क

ब्रेकिङ न्युज २

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ११ असोजः नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि पार्टीको समानान्तर महाधिवेशनमा जुटेको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रुपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह पनि कार्यतालिकासहित महाधिवेशनमा जुटेको हो । देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । सो समूहका संयोजक डा शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुने बताउनुभयो । देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्...
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
देबराज सुबेदी   मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्...
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज २, समाचार
अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।  जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो । कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।  वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सव...
वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ८ असोजः देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन् ।आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्नुहुँदै मानवीय र भौतिक क्षति रोक्न सरकारका सबै मन्त्रालय एवं तिनका निकायहरूलाई पूर्ण रूपमा उच्च सतर्कताका साथ परिचालन गरिएको बताउनुभएको छ । साथै उहाँले स्थानीय तहहरूलाई विपद्पछिको प्रतिकार्यका लागि आफ्नो स्रोत प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्नसमेत आग्रह गर्नुभएको छ । साथै गृह मन्त्रालयले ७७ वट...
चौतारा नगर कांग्रेसको नेतृत्वमा युवा पुस्ता

चौतारा नगर कांग्रेसको नेतृत्वमा युवा पुस्ता

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिको १५औँ नगर अधिवेशनले युवा नेता निर्मल श्रेष्ठलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठ खेलकुद क्षेत्रमासमेत क्रियाशील हुनुहुन्छ । युवा पुस्तामाझ परिचित श्रेष्ठको सर्वसम्मत नेतृत्व चयनसँगै चौतारा नगर कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व स्थापित भएको छ । नगर सभापतिको जिम्मेवारी पाएसँगै श्रेष्ठले युवालाई संगठनमा थप सक्रिय बनाउँदै सबै पुस्तालाई समेटेर कांग्रेसको संगठन सुदृढ गर्ने अपेक्षा गरिएको छ । बदलिँदो राजनीतिक परिवेशमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै संगठनलाई थप चलायमान बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको छ । श्रेष्ठको नेतृत्वमा नगर कांग्रेसमा सहमति, सहकार्य र एकतालाई मजबुत बनाउँदै संगठन विस्तार तथा सुदृढीकरणमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।...
भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकमा सतर्कता अपनाउन आग्रह

ब्रेकिङ न्युज २, समाचार
आगामी असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार साहयक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार जिल्लाका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने जनाएको छ । प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त सडक तथा पहिरो सम्भावित क्षेत्रमा सावधानी अपनाउन र खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरेको छ । यस्तै, स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।...
बलेफी–४ का बाढीपीडित परिवारलाई आर्थिक सहयोग

बलेफी–४ का बाढीपीडित परिवारलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका–४ का सभापतिको पहलमा रसुवा बाढीका कारण ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ । पीडित परिवारको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले सभापतिको प्रतिनिधित्वमा साथीभाइ तथा विदेशमा रहेका सहयोगीहरूबाट रकम संकलन गरी पीडित परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । संकलित रकमबाट पहिलो चरणमा बिहिबार चार परिवारलाई प्रति परिवार रु. १७ हजार का दरले आर्थिक सहयोग गरिएको जनाइएको छ । सहयोग प्राप्त गर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका –४ टारी निवासी स्व. मानबहादुर तामाङकी श्रीमती चिनिमाया तामाङ, टारी निवासी अविवाहित अवस्थामा निधन भएका स्व. रबिन तामाङका दाजु राजन तामाङ, यसैगरी कोले निवासी स्व. सिंहबहादुर तामाङकी श्रीमती रितिका तामाङ तथा गहते निवासी स्व.सन्तोष तामाङकी श्रीमती सरिना तामाङ रहेका छन् । प्रत्येक परिवारलाई रु. १७ हजारका दरले सहयोग रकम प्रदान गरिए...
अधिकारीको अध्यक्षतामा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति गठन

अधिकारीको अध्यक्षतामा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति गठन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतरामा भएको पुस्तक तथा स्टेशनरी बिक्री बितरण व्यवसाय गरिरहनु भएका व्यवसायीहरुको भेलाले व्यवसाय बखत बहादुर अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । आइतबार सिन्धुपाल्चोकको चौतारामा भएको भेलाले संघको समितिको उपाध्यक्षमा दिपक तिमल्सिना, सचिवमा रामशरण बस्नेत , कोषाध्यक्षमा हरीकुमार श्रेष्ठ, सदस्यहरु गोमा कुमारी श्रेष्ठ, हरीशरण पुुरी र चमेली श्रेष्ठ रहनु भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले जिल्ला भरीका स्टेशनरी व्यवसायीहरुलाइ उकता बद्ध गरी व्यवसाय सहजताका लागी काम गर्ने निर्णय समेत गरेको छ । गठीत पदाधिकारीहरुलाइ पद तथा गोपनीयताको सपथ खुवा उँनु हुँदै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुुख अतिथि थापालेनवगठित समितिलाई शुभकामना दिदै व्यवसायी हकहितका निमित्त संघले अग्रसरता दिलाउने कुरामा...
ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, १८ भदौः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने पाँच ‘मिलियन’ अमेरिकी डलर अनुदान स्वीकार गरेको छ । बैठकले बाढीबाट प्रभाव...
लिंसखुपाखर गाँउपालिकाको स्वास्थ्य शाखाको समीक्षा सम्पन्न

लिंसखुपाखर गाँउपालिकाको स्वास्थ्य शाखाको समीक्षा सम्पन्न

कृषि, खानेपानी, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
लिंसखुपाखर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । मंगलबार र बुधबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या बिषयमा चर्चा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सागर खडकाले बताउनुभयो । समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले स्थानीय तहले जिल्ला, प्रदेश र संघिय सरकारसंग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो । उहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउदै प्राबिधिक लगायत सहयोग गर्न तत्पर रहेको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले सिमित श्रोत, साधनका बिच कार्य गर्न गार्हो भएपनि पालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।उहाँले उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम लगायतलाई...