सम्पर्क

चौतारा नगर कांग्रेसको नेतृत्वमा युवा पुस्ता

नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिको १५औँ नगर अधिवेशनले युवा नेता निर्मल श्रेष्ठलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ ।
नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठ खेलकुद क्षेत्रमासमेत क्रियाशील हुनुहुन्छ । युवा पुस्तामाझ परिचित श्रेष्ठको सर्वसम्मत नेतृत्व चयनसँगै चौतारा नगर कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व स्थापित भएको छ ।
नगर सभापतिको जिम्मेवारी पाएसँगै श्रेष्ठले युवालाई संगठनमा थप सक्रिय बनाउँदै सबै पुस्तालाई समेटेर कांग्रेसको संगठन सुदृढ गर्ने अपेक्षा गरिएको छ । बदलिँदो राजनीतिक परिवेशमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै संगठनलाई थप चलायमान बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको छ ।
श्रेष्ठको नेतृत्वमा नगर कांग्रेसमा सहमति, सहकार्य र एकतालाई मजबुत बनाउँदै संगठन विस्तार तथा सुदृढीकरणमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।