सम्पर्क

अधिकारीको अध्यक्षतामा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति गठन

सिन्धुपाल्चोक जिल्लाको चौतरामा भएको पुस्तक तथा स्टेशनरी बिक्री बितरण व्यवसाय गरिरहनु भएका व्यवसायीहरुको भेलाले व्यवसाय बखत बहादुर अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । आइतबार सिन्धुपाल्चोकको चौतारामा भएको भेलाले संघको समितिको उपाध्यक्षमा दिपक तिमल्सिना, सचिवमा रामशरण बस्नेत , कोषाध्यक्षमा हरीकुमार श्रेष्ठ, सदस्यहरु गोमा कुमारी श्रेष्ठ, हरीशरण पुुरी र चमेली श्रेष्ठ रहनु भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले जिल्ला भरीका स्टेशनरी व्यवसायीहरुलाइ उकता बद्ध गरी व्यवसाय सहजताका लागी काम गर्ने निर्णय समेत गरेको छ ।

गठीत पदाधिकारीहरुलाइ पद तथा गोपनीयताको सपथ खुवा उँनु हुँदै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुुख अतिथि थापालेनवगठित समितिलाई शुभकामना दिदै व्यवसायी हकहितका निमित्त संघले अग्रसरता दिलाउने कुरामा आफु विस्वस्त रहेको बताउँनु भयो । उहाँले संघ २०६५ सालदेखी जिल्लामा कृयाशिल रहेर आफुलाई संस्थापक अध्यक्षको जिम्मेवारी सहित ३ कार्यकाल नेतृत्व गर्ने अवसर दिदै केन्द्रीय भूमिकामा पु¥याउन सहयोग गर्ने सदस्यहरुलाई आभार व्यक्त गर्नु भयो ।

थापाले आफ्नो कार्यकालमा महासंघमार्फत जनक शिक्षा केन्द्रसंग गरिएको पहलकदमी र व्यवसायीक हितमा गरिएको कामले नेपालभरमा रहेको व्यवसायीले लाभ लिन सकेको कुरा स्मरण गराउँनु भयो । त्यस्तै कार्यक्रमका बिशेश अतिथि एवं पुर्वअध्यक्ष शिव बहादुर केशीले पनि ३ कार्यकाल नेतृत्व सम्हालेको स्मरण गराउँदै बिगतमा जिल्लामा छरिएर रहेका सवैलाई गोलबन्द गर्दै पाठ्यपुस्तक वितरणमा सहज वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा नवगठित समितिले रचनात्मक काम गर्नेमा बिस्वास व्यक्त गर्नुभयो ।

क्यान सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाले वर्तमान परिवेशमा मोवाइको प्रयोगले वालवालिका आँखामा समस्या बढ्दै गएको भनि चिन्ता व्यक्त गर्दै मोवाइल प्रयोगलाई सहिरुपले गर्न अभिभावक शिक्षा आवश्यक रहेको समेत बताउँनु भयो । उँहाले
ई लाइवेरीमा प्रविधिकको प्रयोग र पुस्तकको संयोजित रुपले मात्रै बौद्धिक क्षमता बिकासमा हुने कुरामा जोड दिदै आगामी दिनमा नयाँ पुस्तालाई पुस्तकसंग जोड्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

सचिव रामशरण बस्नेतले कार्यक्रमको उद्घोषण र संघको अध्यक्ष बखतबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्लाका व्यवसायीहरु सहभागि रहनु भएको थियो । नवगठित संघलाई बिधिबत रुपमा संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक दर्ता गरेपछि बैधानिकता पाउने अध्यक्ष अधिकारीले बताउँनु भयो ।