सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले गत भदौ १० गते गएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको पठन पाठनका लागी शिक्षाको पूर्ण जिम्मेवारीे लिने भएको छ । भदौ १० गते रसुवा बाढीमा आफ्नो बुबा गुमाएर काजकिरिया गरिरहेकी बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीलाई भेटेर उँहाको पिता स्व पदम कार्की प्रती श्रद्धान्जली ब्यक्त गर्नु हुँदै उँहा लगाएत शोकाकुल परिबार प्रती समबेदना ब्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले उहाँको शिक्षाको जिम्मेवारी लिने जानकारी दिनुभएको हो। रसुवा बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी गर्दा पनि फेला नपरेपछि केहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।सोही क्रममा बाह्रबिसे नगरपालिका–३ का पदम कार्कीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । उहाँकी ११ वर्षीया छोरी खुश्बुले हाल बुबाको काजकिरिया गरिरहनुभएको छ । पदम कार्की बाढीमा सम्पर्कविहीन भएपछि उहाँका दुई छोरीसहित बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी नगरपालिकाले लिने भएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
खुश्बु र उनकी दिदी खुशी कार्कीको स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी नगरपालिकाले लिने बताउँदै नगरप्रमुख बस्नेतले रसुवा बाढीमा सम्पर्कविहीन भएका अभिभावकका छोराछोरीको शिक्षाको जिम्मेवारीसमेत नगरपालिकाले लिने बताउनुभएको हो ।रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले केन्द्र सरकार र सुरक्षा निकायसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाको ९९औँ कार्यपालिका बैठकले बाढीमा सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई जनही एक लाख १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत भएको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो ।उक्त निर्णय गरेको हो । बाह्रबिसे नगरपालिकाले नगरभित्रका नौवटै विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा तथा दिवा खाजाको व्यवस्था गर्दै आएको छ । नगर पालिकाकले हरेक बिपतमा नागरिकको साथ रहने योजनाका साथ नागरक बचाउ अभियानमा लागीरहेको बस्नेतले बताउँनु भयो ।
