सम्पर्क

ब्रेकिङ न्युज २

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

ब्रेकिङ न्युज २, समाचार
भक्तपुर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उहाँले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताउनुभयो । स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताउनुभयो । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि ...

हेल्पद्धारा तेस्रो कोहोर्ट साथी शिक्षकहरुलाई विदाई

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप –हेल्पले तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको छ । काठमाण्डौँमा आइतवार एक कार्यक्रमको आयोजना गरि दुई वर्षको साथी शिक्षणको कार्यकाल सक्काएर आएका तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा हालै छनौट भै प्राथमिक विद्यालयमा पदस्थापन हुन लागेका पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको हो । स्थानीय गाँउपालिका÷ नगरपालिका र विद्यालय विच त्रिपक्षीय सहकार्यमा शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तह पहिलो तह हुनुपर्छ भन्ने मूल उद्देश्य बोकेर साथी शिक्षक कार्यक्रमको सुरुवात गरिएको हेल्पका अध्यक्ष जिमि लामाले जानकारी दिनुभयो । आधारभूत शिक्षालाई गुणस्तरीय बनाई बालबालिकाको गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकारको सुनिश्चितता प्रदान गर्दै विद्यालयको समग्र विकासको लागि साथी शिक्षक कार्यक्रम विगत ५ व...

सुकुटेमा वडाअध्यक्षद्धारा रक्तदान

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष सहित एक सय जनाले रक्तदान गर्नुभएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आरको लायन्स क्लब अफ काठमाण्डौं सायले आयोजना गरेको बृहत स्वास्थ्य शिवीर तथा रक्तदान कार्यक्रममा ३ सय जना भन्दा बढिले सुबिधा लिएको वडा अध्यक्ष निल बहादुर तामाङ सुमनले जानकारी दिनुभयो । वडा नं. १० को सुकुटे स्वाण्डी बिच रिसोर्टमा भएको उक्त शिवीर लायन्स क्लब अफ काठमाण्डौ पिआरओइन सिटीका बिष्णुहरी फुयालको प्रमुख अतिथिमा र लायन्स क्लब अफ काठमाण्डौ सायका अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको थियो भने बिशेष अतिथी शसस्त्र प्रहरी उपरिक्षक सुनिल गिरी हुनुहुन्थ्यो । शनिबार भएको शिबीरमा दात आँखा लगाएतका तिन सय नागरिकले स्वास्थ्य सेवा लिएका थिए ।...

शिवाकोटीको अध्यक्षतामा एमाले मजदुर विशेष जिल्ला कमिटी निर्विरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  २५ चैत, काठमाडौं । नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशनले तुलसी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार राति अबेर सम्पन्न आठौं जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये उपाध्यक्षमा किरण माली, सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ । त्यसैगरी दुई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदीलाई निर्वाचित गरेको छ ।आठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष शिवाकोटी र सचिव पराजुलीले कार्यथलो कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटीलाई अगाडि बढाउने र आगामी ३ वर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने बताउँनु भएको छ ।अधिवेशनले महिला, युवा, समग्र, जुगकाटेमयु, होटल, यूनिट्राभ, यातायात, अटो, क्यूपेक, स्वरोजगार, नेभा, स्वास्थ्य, सुरक्षा, बाप्सु, सफाई, इम्प्रशन स्प...

नेपाल बंशज तदर्थ समितिमा नन्दलाल

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–७ मा नेपालहरुको बंशज संस्था गठन गरिएको छ । शनिबार सानो सिरुवारिमा भएको भेलाले नन्द लाल नेपालको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्वर वडा तदर्थ कार्यसमिति गठन गरेको हो । तदर्थ कार्यसमितिको अध्यक्षमा नन्द लाल नेपाल, उपाध्यक्ष दुर्गा प्रसाद नेपाल, सचिव चन्द्र हरि नेपाल , कोष अध्यक्ष राम प्रसाद नेपाल, सह–सचिब सहदेब नेपाल रहनुभएको छ । सदस्यहरुमा अर्जुन बहदुर नेपाल, हरि प्रसाद नेपाल, शारदा नेपाल, राम नेपाल, बिजय नेपाल, केशब नेपाल, यम नाथ नेपाल, उज्वल नेपाल, पबित्रा नेपाल तारा प्रसाद नेपाल रहेको तदर्थ कार्यसमिति जनाएको छ । त्यसैगरी सल्लाहकार समिती संयोजकमा हिरा प्रसाद नेपाल, हरि बहादुर नेपाल, रबिरमण नेपाल, शुक प्रसाद नेपाल, खुल प्रसाद नेपाल रहनु भएको छ । तदर्थ समितिले वडाका नेपालहरुको तथ्याङ्क सङ्कलन गरि नेपाल जातीको हक हितको लागि न...

स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उहाँले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताउनुभयो । विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले तीनै तहका सरकारको समन्वय जरुरी रहेको आँैल्याउनुभयो । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो । अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उहाँले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्...

योजना मापदण्डभित्र रहेर गुणस्तरीय कार्य गर्न नगरप्रमुख तामाङको निर्देशन

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रे तिब्र गतिमा अघि बढिरहेको छ । शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतको टोलीले अनुगमन गर्नुभएको छ । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खोलिसकिए पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सो सडक ढलान र कालोपत्रे गरि ७५० मिटरको रहेको छ । भ्याट सहित २ करोड ७२ लाखमा सम्झौता भई एसआरबि बिल्डर्स प्रालिले सो सडकको कालोपत्रे र ढलान गर्ने कार्य गरिरहेको मेलम्ची नगरपालिकाका इन्जिनियर राजु दंगालले जानकारी दिनुभयो । सो सडकको कालोपत्रे गरिसक्नुपर्ने म्याद असार २० सम्म रहेको छ । अनुग...

नेपाली पूँजी पलायन हुन दिँदैनौ ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा उहाँले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आब्हान गरेका छौँ, बाँह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले लगानी सित सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेका जानकारी गराउनुभयो । लगानीकर्ताको ल...

जनताको माग सम्बोधन नभए अर्को वर्षदेखि मेलम्चीको पानि काठमाण्डौं आउँदैनः अध्यक्ष शेर्पा

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनामा दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले माग सम्बोधन नभएमा मेलम्चीको पानी ल्याउँन नदिने बताउनुभयो । मेलम्ची आयोजना प्रभावित तथा बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न १७ बुँदे माग राख्दँै आइरहेका छन् । ती माग...

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि (बिहिबार) चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ । संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो । भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।...