राज्यको प्राथमिकतामा उद्यमशीलताः मन्त्री भण्डारी
काठमाण्डौँ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फच्र्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताउनुभएको हो । “उद्योगजन्य, खानी तथा खनिजजन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरुलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्या...
