सम्पर्क

समाचार

चौतारामा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चौतारा विश्व रक्तदाता दिवसको अवसरमा शनिबार श्रीकृष्ण मन्दिर परिसर, पुरानो बजारमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना विभिन्न उमेर समूहका व्यक्तिहरूले रक्त समूह परीक्षण गराएका छन् । कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी, चौतारा रक्तसंचार सेवा केन्द्रको समन्वयमा र ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख उद्देश्यहरूमा जनस्वास्थ्यको सुदृढीकरण र व्यक्तिगत स्वास्थ्य सचेतना अभिवृद्धि रहेको थियो । रक्त समूहको पहिचान स्वास्थ्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आपतकालीन अवस्थामा, जस्तै दुर्घटना वा शल्यक्रिया जस्ता परिस्थितिमा छिटो र प्रभावकारी उपचारको लागि रक्त समूहको जानकारी ...

लभ एण्ड होप नेपालद्धारा आदर्श विद्या मन्दिरका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नं ९ मुलखर्कमा रहेको श्री आदर्श विद्या मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लभ एन्ड होप नेपाल संस्थाले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । शुक्रबार सोही विद्यालयका विव्यस अध्यक्ष समिर तामाङको अध्यक्षतामा र वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठको प्रमुख आतिथ्यतामा र लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल, संस्थाको कार्यक्रम निर्देशक हरि चन्द्र खड्काको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । लभ एण्ड होप नेपाल संस्थाको अध्यक्ष शम्भु पोखरेल र कार्यक्रम निर्देशक हरि चन्द्र खड्काले विद्यालयमा अध्ययनरत साना बालवालिकाहरूलाई स्टेशनरी सामग्रीहरू एबंम् बिद्यालय झोला हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रमका बीच संस्थाको सहयोगमा विद्यालयमा १ जना शिक्षक समेत थप गरीएको थियो । शैक्षिक रूपमा टेवा पुगेको बताउनु हुदै विद्य...

विश्व रक्तदाता दिवसको अवसरमा कतारमा ३८ जनाले गरे रक्तदान

बिदेश, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता सङ्घ कतारको आयोजना तथा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाको समन्वयमा शुक्रवार “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको हो । रक्तदान–जीवनदान भन्ने मूल नारालाई आत्म साथ गर्दै कतार नेशनल ब्लड डोनेसन सेन्टरमा सङ्घका संरक्षक हशंराज ढकालले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो । रक्तदान गर्नको लागि ४७ जनाले रजिस्ट्रेसन गरेका थिए । जस मध्य ३८ जनाले रक्तदान गर्न सफल रहेको सङ्घका काःवा अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनु भयो । मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी सहित कतारमा स्थापित विभि...

बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रियसभा सांसदहरूले बर्सातको समय सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले ध्यानाकर्षण गराउनुभयो ।  बैठकमा सांसद विष्णुकुमारी सापकोटाले भन्नुभयो, “मौसमविद्ले यस वर्ष अत्यधिक वर्षा हुन सक्ने सूचना धेरै अगाडिदेखि नै प्रवाह गर्दै आएका छन्, अत्यधिक बर्सातका कारण बाढी, पहिरो र डुबानको समस्याले जनतालाई दुःख दिन सुरु गरेको छ । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।” उहाँले बाढीपहिरोका अलवा मानव जीवनमा ठूलो क्षति पु¥याउने डेङ्गी हालसम्म ७२ जिल्लामा प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसको नियन्त्रण र रोकथामका काममा ढिला नगर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले बर्सातको समयसँगै यतिबेला बाढी, पहिरो, विपत्का घटना हुने बेला आएकाले तदारुकताका साथ काम गर्न सरकारलाई आग...

त्रिपुरासुन्दरी गाउँपालिका पूर्ण खोप तथा दिगोपनाको घोषणा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, जेठ २९ — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको ६ वटै वडा तथा पालिका लाई पूर्ण खोप तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्षहरू, जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाट, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थित रहेको थियो। स्वास्थ्य शाखा प्रमुख शाहले पालिकाभित्र १५ महिनामुनिका सम्पूर्ण बालबालिकाले नियमित खोप प्राप्त गरिसकेको जानकारी दिनुभयो। खोप कार्यक्रमको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यमा विभिन्न पहलहरू अघि बढाइने बताउनुभयो। अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै, स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल...

काउन्सिलका नवनियुक्त सदस्यहरूको स्वागत.

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ । काउन्सिल सभाहलमा भएको स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ सदस्यहरूको कार्यकाल रचनात्मक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोशी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन)लाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधि लगायत सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार महासङ्घ अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिलको काम, कारबाही, भूमिका र आगामी कार्यनीतिबारे जानकारी हासिल गर्न सघाउने उल्लेख गर्नुभयो ।  नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै काउन्सिलका सदस्य विजयराज अधिकारी, केशवशरण लामिछानेले नयाँ ...

मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
देबराज सुबेदी  मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ ।बिहीवार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बिच उक्त घोषणा गरिएको हो । कार्यक्रमका अध्यक्ष नगर प्रमुख आइतमान तामाङले नगर भित्रका सबै नागरिकले शुलभ रुपमा स्वास्थ्य सेवा पाउने अवस्था सृजना गर्न लागि परेको बताउनुभयो । उहाँले बालबालिका , जेष्ठ नागरिक, महिलाको स्वास्थ्यमा थप ध्यान दिदैँ बिभिन्न स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिलाई उँहाले धन्यवाद ज्ञापन गर्नुभयो । उपप्रमुख उमा प्रधानले स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय सबैको प्रयासले पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सकिएको बताउनुभयो । स्वास्थ समाज बनाउन सबैको सहयोग महत्त्वपूर्ण रहेको उँहाले बताउनुभयो । मेलम्ची -२ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सबैको प्रयासले मात...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबु...

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उहाँका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिनुभएको छ । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिनुभएको छ । ...

राससमा तामाङ भाषाको समाचार सेवा सुरु गरिने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषाको समाचार सेवा सुरु गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राससमा तामाङ भाषामा समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको हो । “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ”, मन्त्री गुरुङले भन्नुभयो । राससमा हालसम्म नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान हुँदै आएको छ । सङ्घका अध्यक्ष नेत्र तामाङसहितको टोलीले मन्त्री गुरुङलाई भेट गरी ज्ञापनपत्र बुझाएको थियो । बागमती प्रदेश सरकारले तामाङ भाषालाई बागमती प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ ।...