सम्पर्क

समाचार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम अन्तर्गत यहि २०८२ साल असार ७ गते शनिबार बिहान ८ः०० बजे बसन्तपुर खेल मैदान, लामोसाँघुमा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन व्यवसाय प्रवद्र्धन गर्दै व्यवसाय विस्तारमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सुकुटे पर्यटन व्यवसायी संघ बीच हुनेछ । उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले खेलप्रेमी सबै महानुभावहरुलाई सो अवसरमा उपस्थित भई प्रतियोगितालाई उत्साहप्रद बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । उक्त प्रतियोगिताले जिल्लाभित्र आपसी सद्भाव बढाउनुका साथै पर्यटन र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।...

वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताउनुभएको छ । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।” वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो व्य...

‘पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका स्थानीय तरकारी परीक्षण गर्दा विषादीको अवशेष निकै कम देखिएको हो । प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेँडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेँडेखुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तीतेकरेला, भण्टा, घिरौँला सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेकामा ती तरकारीमा सरदर शून्य दशमलव २१ देखि १२ दशमलव २४ प्रतिशतसम्म विषादीको अवशेष देखिएको स्पष्ट गरेको छ । विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक...

बिश्रान्ती मन्दिर आश्रमलाई धनकुटा सेवा समाज कतारको आर्थिक सहयोग

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक कतार शुद्ध सामाजिक भावनाका साथ कतारमा स्थापित धनकुटा सेवा समाज कतारले गृह जिल्लामा एक आश्रमलाई आर्थिक रकम सहयोग गरेको छ । जिल्लाको बेलहारा वडा नं. ९  मुलघाट तमोर नदी किनारमा स्थित “बिश्रान्ती मन्दिर“शान्ति आश्रमलाई ३५०००/– (अक्षरुपी पैतीस हजार रुपैया) आर्थिक रकम सहयोग गरेको हो । उक्त आर्थिक रकम संस्थाका पुर्व अध्यक्ष दुर्गा तामाङ,संरक्षक तथा पुर्व अध्यक्ष पदम कुमार घिमिरे, पुर्व महासचिव केशब राना मगर र पुर्व सचिवालय सदस्य सारुक सुन्दास आश्रममा पुगेर एक कार्यक्रमको आयोजना गर्दै सहयोग रकम हस्तान्तरण गरेका थिए । समाजका अध्यक्ष तिल बिक्रम मगर लोकप्रियकर्मी सगं सवांद गर्दै जिल्लामा रहेका बेसहारा बालबालिका,ज्येष्ठ नागरिक आमा वुवाहरुलाई पालनपोषण तथा लत्ता कपडाको लागी सहयोग पठाउने योजना आफूले संस्थाको नेतृत्व सम्हालेको दिन देखि नै आफनो पहिलो योजना रहेको र ढिलै भएपनी ...

मेलम्चीमा मालपोत सेवा विस्तार हुँदै

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को सुरूमा मालपोत कार्यालय स्थापना हुने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको जिल्ला स्थित सरोकारवालाहरुको बैठकले नेपाल सरकार भुमी ब्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयबाट मेलम्ची बजारमा कार्यालय स्थापना गर्ने र त्यस कार्यालयमा कार्य सम्पादन गर्नका लागी कार्यक्षेत्रमा पर्ने साबिक गाविस हालका पालिकावडाहरु तेकी पठाउँन चौतारा मालपोत कार्यालयलाई पठाइएको पत्रअनुसार बैठकबसी मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडाहरु र इन्द्रावती गाउँपालिकाको वडा नं. १, २, ३, ९ र १० बाहेकका ४, ५, ६, ७, ८, ११ र १२ मेलम्ची मालपोत कार्यालयमा सेवा पाउँने गरी निर्णय भई कार्यन्वयन गराउन सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा, मेलम्ची नगरपालिकाका प्रमुख आईतमान ता...

फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा.केशव श्रेष्ठ सकुशल फेला

ब्रेकिङ न्युज १, समाचार
फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटसमा आफू डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले भोगेको अन्यायबारे पीडा पोखेर अलबिदा लेखेर सम्पर्कविहीन बनेका थिए ।...

बागमती प्रदेशसरकारको ६७ अर्बको बजेटमा को कुन मन्त्रालयलाई कति?६७ अर्बको बजेट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार राती आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७अरबको बजेट प्रस्तुत गर्नु भएको हो । दिउसो ३बजे बजेट प्रस्तुत गर्नै भनीउको भउता पनी मनत्रालयका सचिबले बजेट बनाउँदा मन्त्री सँग सल्लाह नगरी एकलौटी बजेट निर्माण गरेको भन्दै बिबाद भए पछी बजेट प्रस्तुत गर्न राती भएको बताइएको छ । कुल विनियोजनमध्ये ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ जुन कुल बजेटको ६१.४० प्रतिशत हो। चालु खर्चतर्फ भने २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८.६० प्रतिशत विनियोजन गरिएको छ।मन्त्री काफ्लेले आर्थिक वृद्धिसँगै सेवा प्रवाहको प्रभावकारिता र दिगोपनामा बजेटले टेवा पु¥याउने बताउँनु भयो ।बजेट कार्यान्वयनका लागि सरकारले कर तथा गैरकर स्रोतबाट आम्दानीको खाका ...

पर्वत समाज कतारले खेलाडीहरुलाई गर्‍यो सम्मान

खेलकुद, बिदेश, समाचार
लोकप्रिय समाचार दैनिक पर्वत समाज कतारले आफ्ना भलिबल खेलाडीलाई सम्मान गरेको छ । समाजले शुक्रबार एक कार्यक्रम गरि कतारमा यो बर्ष आयोजना भएका दुई ठुला भलिवल प्रतियोगिताको उपाधि जिताउन सफल भलिबल टिमलाई सम्मान गरेको हो । पर्वत समाज कतारको भलिबल टिमले बक्र इद (इद–उल–अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा सम्पन्न ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता–२०२५’ र इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्वत समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा भएको ’जिल्ला स्तरीय भलिबल प्रतियोगिता –२०२५ झको उपाधी जित्न सफल भएको थियो । कार्यक्रममा पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराईले लगातार दुई उपाधी जित्दै सस्थाक...

हाइड्रेपावरका कारण बाह्र्बिसेमा तनाब

#, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको कार्यलय सँगै रहेको कबर्डहल मा तनाब शुरु भएको छ । कालीका हाइड्रोपावरले गर्न लागेको सार्बजनीक सुनुवाइको शुरु नहँुदै स्थानीयबासीहरु कालीका हाइड्रोलाइ फर्कन भन्दै नारा जुलुस सहीत कबडहलमा प्रबेश गरी हलमा रहेको कुसीहरु तोडफोड गरीएको छ । अहीले सुरक्षाकर्मीले हल भित्र भएकालाइ बाहीर निकालेको छ भने स्थानीयहरुले हलको मुल गेटमा बसेर नारा लगाइरहेका छन । हाइड्रोपावर धेरै भएको तर व्यवस्थीत नभएको अबस्थामा पुन अर्काे हाइड्रोको आबश्यक नभएको भन्दै स्थानीयले बिरोघ गरेको सहभागीहरुले बताएका छन ।...

अर्जुन चौपारी गाउँपालिका ईकाईको आयोजनामा बिविध साँस्कृतिक कार्यक्रम सम्पन्न

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक कतार कतारमा रहेका स्याङ्जा बासीहरुको साझाँ सस्थां स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको अर्जुन चौपारी गाउपालिका ईकाईले “भेटघाट सम्मान तथा बिविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा ईकाईका अध्यक्ष राजु सुनारको सभापतित्व तथा स्याङ्जा सहयोग समाज केन्द्रका अध्यक्ष घनध्याम जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । बिधिगत रुपमा नेपाली पञ्चे बाजालाई पुजेर ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा कलाकार अनिता परियारले स्वागत नृत्य पेश गर्नुभएको थियो । कार्यक्रममा पञ्चेबाजाले थप रौनक थपेको थियो । कलाकार सुधा परियार,पुकार थापा,सुरज खनाल लगायत अन्य कलाकारहरुले सागिंतिक प्रस्तुति दिएका थिए । स्याङ्जा सहयोग समाजका संस्थापक संरक्षक गुरु नारायण राना भाटले मन्तव्य बोल्दै समाजको म...