चौतारामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम सम्पन्न
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केँद्रीयअध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल लगाएत प्रशक्षिकको भुमिकामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ लसिन्धुपाल्चोकका अध्यउक्ष ध्रुब दङ्गालको अध्यक्षतामा सञ्चार कर्मीहरुकलाइ बालबालिका संवेदनशीलसम्बन्धी तालिम दिइएको हो । प्रशिक्षण कार्यक्रममा पुर्ब केनिद्रय अध्यक्ष झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता समबन्धी विशेष ध्यान दिदै सत्य र तथ्यमा आधारित र संवेदनशील समाचार लेख्न पर्ने बताउँनु भयो । तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, ब...

