जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकले बिभिन्न कार्यक्रम गरी प्रहरी दिबश मनाएको छ ।
नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा असोज ३१ गते “नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य” भन्ने नाराका साथ “७० औ प्रहरी दिवस २०८२” भव्यताका साथ विविध कार्यक्रमहरुको आयोजना गरी मनाईएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अमर प्रहरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रहरी संगठनप्रति गहिरो माया, सम्मान र प्रतिबद्धता दर्शाउँदै कार्यक्रमका उपस्थित अमर प्रहरी परिवारजनहरू, वहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरू लगायत सम्पुर्ण मा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।उँहाले नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य भन्ने नारालाइ नारामा मात्र होइन ब्यवहारमा उतार्नका लागी समाजका नागरिकहरुको पनी महत्वपुर्ण भुमिका हुने भएकाले नागरिकहरुले पनी आआफ्ना टोल छर छिमेकमा कुनै प्रकारका अबाञ्छनीय गतिबिधी हुन लागेको शङ्का भएमा तत्काल प्रहरीलाइ खबर गरेर सहयोग गर्न समेत अनुरोध गर्नु भयो । उक्त अबशरमा स जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महाकाली मन्दिर समुद्घाटन समेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरु,अमर प्रहरी परिवारहरु,पूर्व प्रहरी कर्मचारीहरु लगायत सम्पूर्णले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नु भएको जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकले जनाएको छ ।
यस अघी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा रहेको चौतारा वृद्धा आश्रम सेवा समितमा गएर जेष्ठ नागरिक हरुलाइ सुस्वास्थ्यको कामना सहित फलफुल बितरण गरी अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
