सम्पर्क

समाचार

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ कात्तिक ः तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिए...

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ कात्तिक ः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठाम...

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई...

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ...

धनतेरसस् धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

जिबनशैली, विचार, समाचार, साहित्य, स्वास्थ्य
(क्षितिज विक्रम खनालं ) कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धन सम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिले अत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ। पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थन संग सवन्धित छ। कथा अनुसार देवता र असुरहरूले अमरत्व प्रदान गर्ने अमृ...

गुफाडाँडामा धार्मिक तथा सांस्कृतिक पार्क निर्माण सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित पर्यटकीय स्थल गुफाडाँडामा पर्यटन पार्क निर्माण कार्यको प्रकृया सुरु गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मेलम्ची नगरपालिकाले समुदाय लक्षित पर्यटन विकासको दिशामा पार्क निर्माण कार्य अघि बढाउन ठोस कदम चालेको हो। मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सिन्धुपाल्चोक जिल्लाको मात्र नभइ देसकै नमुनाको रुपमा रहेको गुफाडाँडाका कारण बिदेसी पर्यटक समेत ल्याउँन सक्ने गरी गुफाडाँडाको बिकास गर्न पर्ने बताउँनु हुँदै मेलम्ची नगरपालिकाले धार्मिक र सांस्कृतिक महत्व बोकेको गुफाडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना का साथ आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो । करिव तीन करोड रुपैयाँको लागतमा निर्माण हुने बुद्ध, छ्योर्तेन र डम्फु पार्क यस क्षेत्रको प्रमुख ...

सिन्धुपाल्चोकमा बिबिध कार्यक्रमका साथ ७० औ प्रहरी दिवस सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकले बिभिन्न कार्यक्रम गरी प्रहरी दिबश मनाएको छ । नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा असोज ३१ गते “नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य” भन्ने नाराका साथ “७० औ प्रहरी दिवस २०८२” भव्यताका साथ विविध कार्यक्रमहरुको आयोजना गरी मनाईएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अमर प्रहरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रहरी संगठनप्रति गहिरो माया, सम्मान र प्रतिबद्धता दर्शाउँदै कार्यक्रमका उपस्थित अमर प्रहरी परिवारजनहरू, वहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरू लगायत सम्पुर्ण मा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।उँहाले नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य भन्ने नारालाइ नारामा मात्र होइन ब्यवहारमा उतार्नका लागी समाजका ना...

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता – गृहमन्त्री ओमप्रकाश अर्याल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको र उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताउँनु भएको छ । मन्त्री अर्यालले ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी ...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, ३१ असोज : सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सो कार्ययोजना अगाडि सार्नुभएको छ । सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै सुधार गर्न सकिने विषय समेटिएको कार्ययोजना मन्त्रीस्तरीय बैठकबाट निर्णयगरी कार्यान्वयनमा ल्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उद्योग वाणिज्य क्षेत्रका सरोकारवाला निकाय र क्षेत्रसँगको सघन छलफलका आधारमा मन्त्रालयले कार्ययोजना अगाडि सारेको तथा त्यसले औद्योगिक वातावरण बनाउँदै आर्थिक विकासका लागि मार्ग तय गर्ने विश्वास लिइए...

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को भिमटार स्थित ईन्द्रावती माध्यमिक बिद्यालयमा बाल बिबाह रोक थाम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ। चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा पैरबी समुहको सयोजनमा कार्यक्रम भएको हो । ११ नं वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीको प्रमुख अतिथ्यतामा र पैरबी समुहका जिल्ला संयोजक यज्ञ दङगालको सभापतित्वमा बिद्यालयका शिक्षक बिद्यार्थी अभिभाबकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक शालिकराम ओलिले स्वागत मन्तब्य राख्दै आफ्ना बिद्यायमा शिक्षक अभिभाबक बिद्यार्थीहरु सबैको प्रतिनिधित्व गराएर बालविवाह बिरुद्धको कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो। कार्यक्रमका सभापतीत्व गरिरहनु भएका यज्ञ दङ्गा...