सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं २का उमेदवार बंसलाल तामाङले नेपाली कांग्रेस धर्मको पक्षमा रहेको बताउँनु हुँदै सत्य बोल्ने हो आबश्यकता र समस्याका समधान गर्ने हो जनताको सेवागर्ने हो यो नै हाम्रो धर्म हो त्यसैले यो धर्म गरेकै कारण पनी धेरै मतको अन्तरले आफ्नो जित हुने बताउँनु भएको छ । उँहाले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै सत्यका बाटोमा लागेका सबै नागरिक नोपली काँग्रेस ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म अत्याधिक धेरै मतको अन्तरले विजयी हुन्छु,’ भन्नु भयो ।
उँहाले नेपाली काँग्रेस मेलम्ची नगरपालिका द्धारा मेलम्चीमा आयोजित भुनाबी सभालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कार्यक्रममा उँहाले ‘मैले धेरै प्रतिस्पर्धी देखेको छैन, कक्षा बीचमै छोड्ने व्यक्ति मेरो प्रतिस्पर्धी हुन सक्दैन भन्नु भयो । सो अबशरमा प्रदेश सभा सदस्य हुँदाहुँदै आप्नो कार्यकाल बाँकी रहँदा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्दै चुनावमा होमिएका पटक–पटक उमेदवार बनेर पनी असफल भएको हरु मेरो प्रतिस्पर्धी हुनै सक्तैनन भन्नु भयो ।तामाङले सिंहदरबार जलाउनेहरूले देश बनाउन नसक्ने जिकिर गर्दै उनले कांग्रेस परिमार्जित भएर आएको पार्टी भएको बताए। मतदाताको भरोसा र आशीर्वाद नै आफ्नो जितको आधार भएको उल्लेख गर्दै विकास बजेट ४० प्रतिशत पु¥याएर गाउँ–गाउँको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।युवाहरू विदेश पलायन हुन नपर्ने वातावरण गाउँमै सिर्जना गर्ने, जलवायु–मैत्री विकासमार्फत क्षेत्रको संरक्षण गर्ने, आमायाङ्रीलाई विश्वसामु चिनाएर लाखौं पर्यटक भित्र्याउने तथा हेलम्बुमा हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना रहेको समेत बताउँनु भयो । कार्यक्रममा पाँच वर्षभित्र धुलोधुवामुक्त सडक निर्माण गर्ने, पाँचपोखरी क्षेत्रको समग्र विकास गर्ने र भोटेचौरको चिया बगानलाई व्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गर्दै ‘हामी सम्मानित नेपाली र सम्मानित सिन्धुपाल्चोक बनाउँछौं। एक पटक मौका दिनुहोस्, तपाईंहरूको शिर निहुरिन दिने छैन भन्नु भयो ।उम्मेद्वार तामाङले आफू निष्ठा र इमानको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “राजनीति सेवा र जिम्मेवारी हो, व्यक्तिगत स्वार्थ होइन,” भन्दै उहाँले पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वमार्फत सिन्धु २ को समग्र विकास गर्ने अठोट दोहो¥याउनुभयो।“नवीन विचार बोकेर आयौँ, सिन्धु २ को विकासको खाका लिएर आयौँ, कांग्रेस बदलिएर आएको छ, अब बदल्छौँ सिन्धु २ को अवस्था” भन्ने मूल नारासहित तामाङ चुनावी मैदानमा सक्रिय हुनुहुन्छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने मेलम्ची बजारमा आयोजित स्वागत कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा उम्मेद्वार तामाङलाई घडा राखेर स्वागत गरिएको थियो भने ब्यान्ड बाजाको धुनले मेलम्ची बजार उत्साहमय बनेको थियो । घरदैलो अभियानका क्रममा मेलम्चीका मतदाताहरू उत्साहित देखिएका थिए। विशेषगरी ईन्द्रावती गाउँपालिकामा तामाङले निर्वाह गरेको भूमिकाका कारण नागरिकमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्। विकास निर्माण, सामाजिक सक्रियता र जनतासँगको निरन्तर सम्वादले मतदातामा भरोसा बढाएको देखिएको नेपाली काग्रेस मेलम्चीका सभापती बसन्त गुरुङ्गले बताउँनु भयो ।
