सम्पर्क

बाह्रविसेमा नेकपाको चुनाबी सभा बिभीन्न पाटी परित्याग गरी नेकपामा प्रवेश

नेपाली कम्युनिष्ट पाटीले बाह्र्बिसेमा आफ्नो चुनाबी सभा गरेको छ । सो सभामा क्षेत्र नं. १ बाट नेकपाको प्रत्यक्ष तर्फका उम्मेदवार माधब सापकोटा सुबोधले क्षेत्र नं. १ मा जित सुनिश्चित भइसकेकोले त्यसलाई जोगाउन प्रतिस्पर्धी दलप्रति सहिष्णु बन्न समेत सुझाव दिनु भएको छ ।कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले लगाएतका पाटीहरुबाट सयौको सख्यामा नेकपामा प्रवेश गरेको समाचार प्राप्त भएको छ । भोटेकोशी, बाह्रविसे, लिसंखुपाखर, बलेफी र जुगलका अधिकांश युवा पुस्तालाई उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले खादा लगाएर पाटी प्रबेश गराउँदै स्वागत गर्नु भएको थियो । चुनाव परिचालन कमिटीका संयोजक केशव नेपालले उम्मेदवार तथा प्रतिबद्धताका हिसाबले सुबोध उत्कृष्ट रहेको हुँदा जित निश्चीत भएको तर कती मतको मतान्तरले जित्ने भन्ने बारेमा मतदान नतीजा पर्खन पर्ने बताउँनु भयो । कार्यक्रममा नेकपाका नेता सरल सहयात्रीले नेकपाले युवा, सक्षम र काम गरेर प्रमाणित भएका नेता माधव सापकोटालाई जिताउन तारा चिन्हमा मत हाल्न आग्रह गर्नु भयो । केही समय अघि नेकपा प्रवेश गरेका बाह्रविसेका पूर्व मेयर तथा नेकपा केन्द्रीय सदस्य निमफुन्जो शेर्पाले आफूलाई एमालेमा अपमानित गरिएको भन्दै पार्टी छोडेर नेकपा रोजेको स्पष्ट पार्दैे एमालेले कहिल्यै जनताको भलो नगर्ने भएकाले आफु नेकपामा प्रबेश गरेको बताउँनु भयो । कार्यक्रममा संविधानसभा सदस्य राजकुमार श्रेष्ठ,समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, युवा नेतृ अमृता नेपाल, युवा नेतृ क्रान्ति योन्जनलगायतले क्षेत्र नं. १ मा नेकपाको जित सुनिश्चित भएको बताउँनु भएको छ । बाह्रबिसे नगरमा युवाहरुको मार्चपास सहीत सुरु भएको र्याली सभामा परिणत भएको थियो।