सम्पर्क

झण्डा जलाएको बिरुद्ध मसाल जुलुस प्रहरीद्धारा १जना पक्राउ

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको पुतला द’हन गरेको छ।नेकपा एमालेको झण्डा जलाइएको विरोधमा अनेरास्ववियुले शुक्रबार साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि साहको पुतला द’हन गरेको हो। यसै बिच नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो।