भोटेकोशीको मार्मीङमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम
भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मार्मीङमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा विहिबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको...
