राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं २ क्षेत्रिय भेला तथा स्थानिय तह निर्बाचन सम्बन्धी विविध छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाटीको उम्मेदवारलाइ जिताउन लागी पर्ने र त्यसका लागी कस्ता उम्मेदवारलाई उठाउने भन्ने बिषयमा छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ । निर्बाचनको नजिकिदै गर्दा गाउँको माहोल सपार्न अहिले नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन लागी परेका छन । बिहीबार सिन्धुपाल्चोक क्षेत्र नं २ ख को बैठक बसी सबै वडाहरुमा पार्टीको उपस्थिती बलियो बनाउँने निर्णय गरेको २ नम्बर क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनु भयो । जिल्ला कार्य समितीको बैठकको निर्णय उहाँका निर्वाचन क्षेत्र नम्बर १ को चैत १६ गते बाह्रविसेमा र निर्वाचन क्षेत्र नम्बर २ को चैत १२ गते मेलम्चीमा भेला भएर पाटीको कार्यक्रम सार्बजनिक गर्ने निर्णय भए बमोजिम बिहिबार प्रदे ख को बैठक बसेको हो । उक्त कार्यक्रममा स्थानियतहको सम्भावित उमेदवारहरु घोषणा गरेको थियो । उक्त घोषणमा मेलम्ची नगरपालिकाबाट मेयरको दावी कुमारी तामाङ स्याङ्तान र गोपीकृष्ण चौलागाईको रहेको छ भने उपमेयरको दावी शेषमान तमाङले गर्नुभएको छ । यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उमेदवारीको दावी उदय सापकोटा, चित्र गुरुङ र गुनु पाख्रीन तामाङले गर्नुभएको हो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपलिकाबाट मेयरको दावी दिपेन्द्र थापाको रहेको छ । निर्बाचन क्षेत्र नं २ अन्तर्गतका सबै तहका कमिटीलाई स्थानियतह निर्बाचनलाई मध्यनजर गरी टोलटोलमा राप्रपा को घरदैलो कार्यक्रम अभियान सुरु गर्ने निणर्य गर्नुभएको थियो । यस कार्यक्रमको प्रमुख अतिथि राप्रपा का केन्द्रिय सदस्य निर्मला श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
