चौतारा साँगाचोकगढी नगरपालिकाको सहकारीसँग अन्तरक्रिया
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीकाले नगर भित्रको सहकारीहरुसँग आईतबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा सागाचोकगढी नगरपालिकाद्वारा आयोजित नगर स्तरिय सहकारहरुको प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहकार्यको आधारमा काम गर्न काम गर्न सके मात्र सफलता हुन सकिने बताउनु भएको छ । सरकार र सहकारी संस्था मिलेर काम गर्नका लागि आग्रह गर्दै सहकारीको व्यस्थापनमा सबैले ध्यान दिएर काम गर्न अनुरोध गर्नु भयो । सबै जना विधि र बिधान अनुसार चल्न पर्ने भएकाले सबैले बिधि अनुसार गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सहकारी संस्थाको आर्थिक स्थिति र व्यस्थापन राम्रो भयो भने सक्षम सहकारीको रुपमा स्थापित हुने हँुदा त्यसका लागी, सरकारी र निजि क्षेत्र मिलेर काम गर्न पर्ने बताउँनु भयो । सहकारी संस्थाका प्रतिनिधीहरुले हाल सम्म गरी आयको कार्यक्रमको बारेमा जा...
