क्रसरका कारण बस्ती जोखिममा खेतीयोग्य जग्गामा पहीरो
बिगतमा क्रशरहरुले मापदण्ड बिपरित काम गरेका कारण सिन्धुपाल्चोक जिल्लाका नदी किनारामा बसोबास गर्ने नागरिक र किनारामा खेती गर्ने किसान हरु अहीले समस्यामा परेका छन । यती मात्र होइन नदी किनारा छेउ बसोबास गर्ने बिशेष गरी माझी समुदायको बस्ती जोखिममा परेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी ११मा पर्ने भिमटारका माझी समुदाय अहीले पहीरोको जोखिममा रहेका छन । खोलाका किानारामा रहेको क्रसर हरुका कारणा बर्षेनी धान खेत गुमाउँदै आएका समुदायहरुको खेत यस बर्ष पनी बगायको छ । जथाधावी नदीको किनारामा क्रसरले मापदण्ड बिपरित गहीरो खन्दा भित्तो च्याप्दा यो समस्या भोग्न परेको स्थानीय बासिन्दा तेज बहादुर माझीले बताउँनु भयो । सरकारले असार साउँन भदौ महीनामा त नदीमा कुनै पनी तवरले नदी उत्खनन गर्नमा बन्देज लगाएको छ । तर त्यसको ख्याल नै नगरी मापदण्डको समेत वास्था नगरी नदी उत्खनन कार्य भइ रहेको पाए पछी जिल्ला ...
