सम्पर्क

नागरिकता विधेयक बिरुद्ध राप्रपा द्धारा मेलम्चीमा बिरोध

 

 

राप्रपाले महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर श्रु गरेको आन्दोलनको दोश्रो चरणमा मेलम्चीमा बिरोध र्याली सहीत सभा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्रको सुनुवाइ नभएको भन्दै आन्दोनगरेको राप्रपाले जनाएको छ । सघीयता खारेजी , महंगी नियन्त्रण, किसानलाई समयमै मल, लगाएतका माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर , लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले चरणबद्धरुपमा आन्दोलन गर्न परेको बताउँदै राप्रपाकि निर्वाचित केन्द्रिय सदस्य र्निमला श्रेष्ठले अब देश बचाउने जिम्मा राप्रपाले र सिङ्गो जनताले लिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २कि क्षेत्रिय सभापति कुमारी तामाङले राप्रपाको यो सांकेतिक विरोधलाई सरकारले वेवास्ता गरेमा ठुलो क्षति बेहोर्नपर्ने बताउनुभयो । यथासिघ्र मेलम्ची इन्द्रावति बाढी प्रभावितको माग र पार्टिले उठाएका मागको सम्बोधन नभए चर्को आन्दोलन गर्ने तामाङले चेतावनी दिनुभयो ।राप्रपाको पुर्ब केन्द्रीय सदस्य तथा क्षेत्र नं २ प्रदेस क का प्रमुख बाबुराम खड्का,उप प्रमुख मदन केसी पुर्ब केन्द्रीय सदस्य बद्री प्रसाद चौलागाइ लगाएत नेता तथा कार्यकर्ताहरुले बजार परिक्रमण गरि नगरपालिकाको गेटमा पुगेर बिरोध सभा गरेको थियो । कार्यक्रममा क्षेत्रीय अध्यक्ष तामाङ्गले राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सभा२९क० र प्रदेश सभा २९ख०कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, मेलम्ची बाढीपीडितहरुको माग पुरा गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर र इन्द्रावती नदीको दोहन बन्द गर लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन मा उपस्थित हुने सम्पूर्ण मा हार्दिक धन्यवाद दिन चाहान्छु भन्नु हँुदै आगामी कार्यक्रमहरुमा पनी यसरी नै सहभागीता जनाइदिन सबैमा अपील गर्नु भयो ।