सम्पर्क

समाचार

जेलमा रहेका एक कैदीको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा कारागारमा रहँदै आएका एक कैदीको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । रिङ्गटा लागेर ढलेका गोलेलाई चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।...

त्रिपुरासुन्दरीमा शैक्षिक विकासको प्राथमिकतामा साथी शिक्षक

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे/ पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा २९ सामुदायिक विद्यालयले सेवा दिइरहेका छन।जसमा ६ वटा माध्यमिक र २३ वटा आधारभुत विद्यालय छन । जतिखेर पनि सामुदायिक विद्यालयको गुणस्तर बारे प्रश्न उठे पछि गाउँपालिकाको शिक्षामा गुणस्तर सुधार गरि पठनपाठन गर्न पालिका अध्यक्ष भक्तध्वज बोहराले पहलकदामी लिएका छन।यसै बर्षदेखी उच्च शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न राममाबी चोकटी र कागेश्वरी माबी घोर्थलीमा प्लस टु संचालन गर्ने योजना छ।प्राबिधिक शिक्षा पढ्ने दलित विद्यार्थी लाई पुर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको छ भने अपांग बालबालिकालाई शिक्षा मा पहुँच र गुणस्तर अभिवृद्धि गर्न बिशेष व्यवस्था गरिएको छ । ICT प्रयोगमा जोड दिई सिकाइ उपलब्धि धेरै र थोर भएका विद्यालय बिच अनुभव आदानप्रदान र नमूना विद्यालयको निति अवलम्बन गर्ने कार्यक्रम छ । प्राथमिक तहलाई शिक्षा क्षेत्रको आधारस्तम्भ मान्दै प्राथ...

राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठन, अध्यक्षमा ठकुरी

राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठन सिन्धुपाल्चोकको जिल्ला कार्य समिति गठन २१ सदस्सीय सदस्य साहित गरिएको छ । संगठनको अध्यक्षमा अध्यक्ष प्रेम बहादुर ठकुरी चयन भएका छन् । उपाध्यक्ष हरु खिल बहादुर चुहान , कृष्ण बहादुर गिरी , विमल सापकोटा त्यसैगरी सचिव हरु काजी बहादुर. थापा मगर, राम काजी बस्नेत, कोषाध्यक्षमा राम बहादुर खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरु मा अर्जुन खड्का, ज्ञान बहादुर थापा मगर, बाबु राम तामाङ , चित्र थापा मगर, नन्द बहादुर बस्नेत , टंक बहादुर गिरी, कृष्ण बहादुर . थापा, यम बहादुर अधिकारी, सोम बहादुर श्रेष्ठ , हरि सरण गिरी, राम बहादुर लामाङ, राम बहादुर थापा रहनु छन् । कार्यक्रका प्रमूख आतिथि प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठनका केन्द्रिय अध्यक्ष प्रकाश जङ्ग कार्कीले कार्यक्रममा बोल्दै हामी लामो समयसम्म देश , माट...

ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

राजनिती, समाचार
इन्द्रावती गाउँपालिकाकोे दोस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्षको मध्य समयमा दोस्रो गाउँसभा बसेको हो । आर्थिक वर्ष २०७९।८० को ईन्द्रावती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ । विनियोजन विधेयक आउदो २५ गते छलफल गर्नका लागि टेबुल समेत गरिएको छ । गाउँसभा बाट ७९ करोड, ९१ लाख ३६ हजार बराबरको बजेट टेबुल गरिएको हो । गाउँपालिका उपाध्यक्षसोभाना तामाङले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रोत्साहन गर्न दुग्ध संकलन तथा प्रसोधन केन्द्र डेरीमा दुग्ध विक्रि गर्ने किसानलाई प्रतिलिटर रु २ अनुदान दिदै आएकोमा उक्त रकम सत् प्रतिशत वृद्धि गरि रु ४ रुपैयाँ उपलब्ध गराइने ब्यबस्था गरिएको , उत्कृष्ट कृषक विशेष अनुदान कार्यक्रम सञ्चालन गरिने , पालिका स्तरमा निर्मित रंगसालालाई इन्द्रावती रंगसालाको रुपमा नामाकरण गर्ने र उक्त...

त्रिपुरासुन्दरीको बाह्रौ गाउँसभा सम्पन्न, कक्षा १२ सम्म निशुल्क शिक्षा

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे/पिस्कर आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँसभा बाट पारित भएको छ । प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले उक्त गाउँसभामा सम्बोधन गर्दै त्रिपुराको विकास को अनुभुती हुने गरि कार्य गर्न जनप्रतिनिधिलाई आव्हान गरेका थिए भने, त्रिपुराको विकासका लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो । बन्द सत्र र खुला सत्र गरि दुई सत्रमा सम्पन्न उक्त कार्यक्रममा निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले प्रस्तुत गर्दै कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने,राममाबी र कागेश्वरी माबिमा प्लस टु संचालन गर्ने,पचास वर्ष माथी उमेर समुहको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मानजनक रूपमा स्वैच्छिक अवकाश कार्यक्रममा आवद्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम पेश गर्नुभएको थियो । त्यसै गरि त्...

चौतारा सागाँचोकगढी नगरपालिकाको सभा स्थगित

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समिक्षा गर्नुपर्ने धारणा राखे लगतै शुक्रबार चौतारा सागाँचोकगढी नगरपालिकाको १२ औ नगरसभा स्थगित गरिएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरि जम्मा १२ वटा स्थानिय तह रहेका छन् । त्यस मध्य चौतारा साँगाचोकगढी नगरपालिका जिल्लाको सदरमुकाम समेत रहेको नगर पालिका हो । यस नगरपालिकाको १२ औे नगर सभा स्थगित भएको छ । नेपाली काङ्ग्रेस, नेकपा र एमालेको तर्फबाट निर्बाचित वडा अध्यक्ष हरुले चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले बजेट नीति तथा कार्यक्रम सुनाए लगत्तै असहमति जनाउँदै उठेर बिरोध जनाए पछि बैठक स्थगित भएको हो । नगरपालिकाको बजेटमा वडाहरुलाई पक्षपात गरिएको भन्दै नेपाली काङ्ग्रेसको वडा अधयक्ष निल बहादुर तामाङ्ग ( सुमन), बिमल श्रेष्ठ, अमृत दङ्गाल डम्बरहादुर तामाङ्ग, र नेकपा एमालेका सुदिप श्रेष्ठ, टेक बहादुर तामाङ्ग,...

मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका केन्द्रबाट सबै वडा कार्यालय जोड्ने मुख्य सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालनयोग्य बनाइने उल्लेख छ । साथै वडाभित्रका सबै बस्तीहरुलाई सडक सञ्जालसँग जोडी स्थानीय उत्पादनहरुको बजारीकरण गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘आफ्नो गाउँ आफै बनाऔँ’ विशोष कार्यक्रमलाई नगरभित्रका सबै वडाहरुमा बिस्तार गरिने, बाहुनेपाटी बजारलाई व्यापारिक क्षेत्रको रुपमा र मेलम्ची बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने, नगरका मुख्य बजार केन्द्रहरुमा सार्वजनिक शौचालय र प्रतीक्षालय एवम् ग्रामीण क्षेत्रमा ‘एक वस्ती, एक सामुदायिक भवन’ निर्माण गर्ने, प्रशासनिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्य...

बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा नगर प्रमुख  बालकृष्ण बस्नेतले प्रस्तुत गर्नु भएकोनीति तथा कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएका प्रमुख अतिथि पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ज्यू, विशेष अतिथि, जिल्ला समन्वय समितिको सभापती बालकृष्ण श्रेष्ठ ज्यू, आमन्त्रित सम्पूर्ण अतिथि ज्यूहरु, संचारकर्मी मित्रहरु तथा सम्पूर्ण नगरसभा सदस्यज्यूहरु नमस्कार । आज मिति २०७९ साल असार ०९ गते बिहिबारका दिन नेपालको संविधान संस्थागत गर्ने शिलसिलामा दास्रो पटकको स्थानीय तहको आवधिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकलाई आज सम्बोधन गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ । यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लो...

बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा उप(प्रमुख श्री मन्जु तामाङलेप्रस्तुत गर्नु भएको आय र व्यय

#, खेलकुद, जिबनशैली, राजनिती, समाचार
    नगर सभाका आदरणीय अध्यक्ष महोदय, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको, नेपालको सविधान २०७२ को धारा २३० र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम बाह्रविसे नगरपालिकाको उपप्रमुखको हैसियतले नगर सभाको बैठकमा आर्थिक वर्ष २०७९।८० को अनुमान प्रस्तुत गर्ने अनुमती चाहन्छु । प्रस्तुत बजेटलाई कृषि, शिक्षा र उद्यमशीलताको विकासबाट समृद्धि तर्फको यात्रा प्रस्थान गर्ने बजेटको रुपमा प्रस्तुत गरेको छु । २. स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकमा आज आर्थिक वर्ष २०७९।८० को आय र व्यय अनुमान प्रस्तुत गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ । ३. यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीवनका लाग...

समाचार संकलनमा रोक लगाईएकोमा महासंघको विरोध

समाचार
समचार संकलनमा रोक लगाईएकोप्रती नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघका महासचिब रोसन पुरीद्धारा बिहीबार जारी बिज्ञेप्तीमा सो कुरा जनाइएको छ । बिज्ञेप्तीमा हिमालयन रि इन्स्योरेन्स लि.ले मिति २०७९ असार ८ गते आयोजना गरेको ‘हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२’ कार्यक्रममा प्रेसलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरू सहभागी सार्वजनिक कार्यक्रममा समाचार संकलनका लागि पुगेका ५० भन्दा बढी पत्रकारलाई कार्यक्रम स्थलमा प्रवेश रोक लगाउनुका साथै कार्यक्रम स्थल प्रवेश गरिसकेका १० भन्दा बढी पत्रकारलाई आयोजक पक्षबाट बाहिर निकालिएको थियो । सार्वजनिक निकायका कुनै पनि विषयमा पत्रकारलाई समाचार संकलन र सम्प्रेषण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । यसलाई बेवास्ता गर्दै उच्च पदस्थ सहभागी कार्यक्रममा पत्रकारलाई समाचार सं...