सम्पर्क

समाचार

फरार कार्की पक्राउ

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकष्ढी नगरपालिका १ साविक स्याउले गा.वि.स. वडा नं.९बस्ने गेद बहादुर कार्कीलाइ प्रहरलिे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०६३ मसीर २६गते कुटपिट र अङ्ग भङ्ग मुद्धामा २ बर्ष कैद सँजाय भएकोमा मा कैद सजाय नभोगी फरारा रहेकोले पक्राउ गरि अदालत पेस गरेको हो । कार्कीलाई फरार रहेको १६ वर्ष पछि यस जि प्र का सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मिति २०७९श्रावण ७ गते दिनको ४ बजेको समयमा जिल्ला भक्तपुर ,भक्तपुर नगरपालिका वडा नं.१ सल्लाघारीबाट पक्राउ गरि २०७९श्रावण ८ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।  ...

एमालेको बैठक चौतारामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारामा भएको नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशको वैठक ले नेकपा एमालेलाइ आगामी निर्वाचनमा प्रदेश २क मा पहीलो पाटी बनाउँन बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । आइतावार चौताराको पार्टी कार्यालयमा नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्वर अर्यालको प्रमुख अतिथ्यतामा भएको भेलाले पार्टी जिवनका आन्तरिक विषयलाई व्यवस्थीत गर्ने र संगठानिक कार्यलाइ गतिशील वनाउने निर्णय गरेको छ । नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशका संयोजन शिवहरी सापको गर्नु भएको थियो । हिरा चौलागाई ले सञ्चालन गर्नु भएको प्रमुख अतिथी, नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्वर अर्यालले पार्टीलाई वलियो र अनुशासित वनाउँनको लागि सवै नेता तथा कार्यकर्ताहरु वैचारिक र संगठानिकरुपमा अगाडी वढ्न पर्ने वताउँनुभयो।  ...

खोलामा डुबेर तौथलीका एक किशोर बेपत्ता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकका एक किशोर सुन्दरीजल स्थित खोलामा डुबेर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका तौथलि घर भई बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् । शनिबारको समय भएकोले प्रधानसहित सातजना केटाहरू घुम्न सुन्दरीजल गएका थिए । अपराह्न करिब ४ बजेदेखि प्रधान बेपत्ता भएका प्रधानको खोजी कार्य जारी राखिएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।...

ग्याल्थुममा वर्षाद्का कारण सडक अबरुद्ध

समाचार
जिल्लाको उत्तरी भेग हेलम्बु गाउँपालिकामा रातिको वर्षाका कारण हेलम्बु ४ स्थित ग्याल्थुम बजारमा हेलम्बु राजमार्ग यातायात सेवा दिनभर अबरुद्ध भएको पछि खुलेकाे छ । हेलम्बु गाउँपालिका वडा नं. ४ को ग्याल्थुम बजारको मुख्य घुम्तीमा शुक्रबार राति परेको वर्षा र मेलम्ची नदिको कटानले हेलम्बु राजमार्गको करिव पचास मिटर भन्दा बढि सडक नदीले काटेर हेलम्बु राजमार्ग चल्ने बस तथा अन्य सवारी साधनगरी लगभग दुई सय भन्दा बढी दुईतर्फ सवारी साधनहरु दिनभर ग्याल्थुम बजारमा रोकिएका थिए । सडक अबरुद्ध बनेपछि उक्त क्षेत्रबाट यात्रामा निस्केका सयौ यात्रिहरु समस्यामा परेका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विहान ६ बजे नै सडक कटान भएको जानकारी पाउँनसाथ दिनभर क्षतिग्रस्त स्थानमा बसी अवरुद्ध सडकलाई खुलाउन प्रयास गरिरहनु भएको थियाे। स्थानीय बासीले शनिबारको दिन पनि गाउँपालिका अध्यक्ष स्वयं उपस्थिती भई अवर...

भारतीय राजदुत बाह्र्बिसेमा ?

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्ग स्थित बाह्र्बिसे तातोपानी सडक नाजुक अबस्थामा रहेको छ । २०७२को भुकम्प जानु अघी सम्म अती ब्यस्त सडक अहीले मुस्कीलले बलेरो हरु र केही ट्रकहरु मात्र आबत जावत गर्ने गरेका छन । यो सडकको अबस्थाले गर्दा र नाका पनी सञ्चालनमा नहुँदा तातोपानी क्षेत्रको अस्तीत्व नै समाप्त हुन लागेको हो की भन्ने भान भइरहँदा सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीले यो सडक निर्माणका लागी पहल गर्ने भएको छ । यस सम्बन्धमा नेपालको चिन सँगको ब्यपारको मुख्य नाकाको रुपमा रहेको तातोपानी नाका पहीला झै सुचारु गर्न आबश्यक पहल गर्न नेपाल भारत मैत्री तथा मानव बिकास संघले चासो देखाएको छ । शनीबार संघका अध्यक्ष सुर्य भुसाल,जिल्ला सम्मन्वय समितिका प्रमुख बाल कृय्ण श्रेष्ठ ,बार्हबिसे नगरपालिका का प्रमुख बालकृष्ण बस्नेत बिच छलफल भएको छ।छलफलमा सडक ब्यवस्थित गर्नका लागि स्थाई रणनिति बनाएर यसको स्थाईत्वको लागि पहल गर्न पर्ने बताउ...

जुरे पहीरो पिडीतले राहत रकम पाउँने भए पछी खुशी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुरे पहीरोमा परी पिडीत भएका पिडीतलाइ लामो समय पछी पिडीतको नाममा सङ्कलन भएको राहत रकम यस पटक भने पाउँने भएका छन । सरकारले रकम सङ्कलन गरेको खाता रोक्का राखी रहेकोमा फुकुवा गरे पछी उक्त रकम पाउँने भएको हो । २०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भए पछी जुरे पहिरोपीडित हर्षित भएका छन्। जुरे पहिरोपीडितको पुनर्बासका नाममा लोकप्रिय समाचार सहीत जनस्तरबाट दुई करोड २४ लाख रुपियाँ सङ्कलन भएको थियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जुरे पहिरोमा कुन पीडितको के कति जनधनको क्षति भएको हो, त्यसबारे पुन: छानबिन गरेर पीडितको पक्षमा काम गर्ने भन्नेमा समिति रहेको जानकारी दिनुभयो । मन्त्रालयबाट जे–जस्तो परिपत्र आउँछ, सोहीअनुसार पीडितका पक्षमा काम गर्ने प्रजिअ खनालले बताउनुभयो। उक्त पहिरोमा बलेफी गापा–८, बाह्रबिसे नगरपालिका–९ रा...

पाँच पोखरीमा यो वर्ष जनै पूर्णिमामा मेला लाग्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी, सिन्धुपाल्चोक । जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीमा यो वर्ष मेला लाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन । यसपालि भने जनै पूर्णिमा मेला भर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो । यो वर्षको जनै पूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरीहरू रहेका छन् । पाँच पोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष ...

बिभीन्न कार्यक्रम गर्दै मनाइयो बिपी जयन्ती

ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृती दिवस बिभिन्न कार्यक्रम गरि देसै भर मनाइएको छ । यसै बिच प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोह कार्यक्रम गरिएको थियो । नेपाली काँग्रेसका सभापती एवम प्रधान मन्त्री शेर बहादुर दउवाले प्रमुख अतिथीको आसनबाट समारोहलाई सम्बोधन गर्दै मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याउने साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।प्रधानमन्त्री देउवाले जननायक वीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गर्नुभयो । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउँन तथा मुलुकमा प्रजातान्त्रिक शासन...

पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता प्रम देउवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता हो भन्नु भएको छ । शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको उद्धघाटन गर्र्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सो अबशरमा उँहाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले हिजोभन्दा आज झन् संवेदनशील, उत्तरदायी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको प्रमाणमा आधारित सत्य–तथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यकता रहेको बताउँनु भयो ।प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढङ्गबाट पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा...

जिल्ला सम्मन्वय अधिकारी सुबेदीको बिदाइ

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुबेदीको शुक्रबार सरुवा भइ मन्त्रालय जानु हुने भए पछी समन्वय समितीमा बिदाइ गरिएको छ । जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ जिल्ला सम्मन्वय सचिवालयका प्रमुख हेमन्त श्रेष्ठ, जिल्ला सम्मन्वय समितीका लेखापाल कुशल अधिकारी ,घरेलु तथा सानाउद्योग कार्यलयका प्रमुख बिश्वनाथ काफ्ले लोकप्रिय समाचार दैनिकका प्रबन्धक नेत्र बहादुर बस्नेत लगाएतले कार्यलयमा नै बिदाइ गर्नु भएको हो । सुबेदीलाइ बिदाइ गर्दै सम्मन्वय प्रमुख श्रेष्ठले सिन्धुपाल्चोक रहँदा सबैलाइ सम्मन्वयकारी भुमिका निर्वाह गर्नु भएकोमा बिशेष धन्यवाद दिदै मन्त्रालयमा रहँदा पनी सिन्धुपाल्चोकको बिकासका लागी सहयोग गर्न आग्रह गर्नु भयो । सुबेदी २०७८ बैशाख २गते देखि जिल्ला सम्मन्वय अधिकारी को रुपमा सिन्धुपाल्चोकमा कार्यरत रहनु भयको कृष्ण प्रसाद सुवेदी २०७९साउन ६ गते बिदाई गरियको हो । काठमाण्...