सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छ ः मन्त्री पौडेल
कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण माननीय मन्त्री बिनु रायमाझी पौडेलले बताउँनु भएको छ ।
उहाँले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउनु भयो ।
मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्...

