लिसंखु पाखार गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनपछिको समिक्षा बैठक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, कार्यकर्ता र स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन सुधार, जिम्मेवारीको स्पष्टता तथा आगामी स्थानीय तहको निर्वाचनका लागी आवश्यक रणनीति निर्माणका विषयमा व्यापक छलफल गएिको जनाइएको छ । गाउँपालिका सभापति गंगा बहादुर लामाले निर्वाचन खर्च पारदर्शी बनाउनु अत्यावश्यक रहेको बताउँदै सबै तहको जिम्मेवार व्यक्तिलाई आवश्यक कागजात पेश गर्न आग्रह गरे ।
स्थानीय तहमा सुशासन कायम गराउन पार्टीले सक्रिय दबाब सिर्जना गर्ने निर्णय पनि बैठकले गरेको छ । केन्द्रमा पार्टीको उपस्थिति भए पनि स्थानीय तहमा अन्य दलको नेतृत्व भएकाले जनउत्तरदायित्व सुनिश्चित गराउन पहल आवश्यक रहेको धारणा राखिएको थियो ।
आगामी २०८२ को निर्वाचनलाई ध्यानमा राख्दै संगठन विस्तार, कार्यकर्ता परिचालन र योजनावद्घ तयारीमा जुट्ने निष्कर्ष बैठकले निकालेको छ । साथै, अघिल्लो निर्वाचनको समिक्षा गर्दे खर्च अनुमोदन गरिएको र योगदान गर्ने कार्यकर्तालाई धन्यवाद व्यक्त गरिएको छ ।वडा नम्कर ५मा नयाँ नेतृत्व चयन गर्दै कमर बहादुर तामाङलाई सभापतिको जिम्मेवारी दिइएको छ भने वडा नम्बर ७ मा वीर बहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, वडा नम्बर ७ की मानमाया तामाङलाई विशेष सम्मान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का सभापति राजकुमार भण्डारले सांसद भरत प्रसाद पराजुलीलाई स्थानीय समस्या बुझ्न क्षेत्रमै आउन आग्रह गर्नुपर्ने ध।रणा राखेको थिए । उक्त प्रस्तावमाथि पनि छलफल गरिएको जनाइएको छ ।
