सम्पर्क

बागमतीमा नेतृत्व विवाद चर्किँदै, दबाबमा मुख्यमन्त्री बानियाँ

बागमती प्रदेश सरकारको नेतृत्वलाई लिएर नेपाली कांग्रेश र नेकपा एमालेबीच विवाद बढ्दै गएको छ । कांग्रशेका इन्द्रबहादुर बानियाँ साउन २० गते मुख्यमन्त्री बनेका थिए र केही दिनमै विश्वासको मत समेत लिएका थिए । तर त्यसपछि करिब सात महिनादेखी प्रदेशसभा बैठक बस्न नसक्दा सरकारको कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ ।
यसैबीच सत्ता साझेदार एमालेले आलोपालोे नेतृत्वको सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै दबाब बढाएको छ । एमाले नेताहरुले चैतपछि सरकारको नेतृत्व आफनो दलले पाउनुपर्ने दाबी गरेका छन् र त्यसका लागि आन्तरिक छलफल तीव्र बनाएका छन् । तर कांग्रेशले भने यस्तो कुनै स्पष्ट लिखित सहमति नभएको बताउँदै तत्काल सरकार परिर्वतनको सम्भावना नरहेको जनाएको छ । सरकारका तर्फबाट पनि अहिले नेतृत्व फेर्ने विषयमा औपचारिक निर्णय नभएको प्रतिक्र्रिया आएको छ । यसका साथै सभामुख पदलाई लिएर पनि दुवै दलबिच मतभेद देखिएको छ । सत्ता सनतुलन कायाम गर्ने रणनीतिमा दुवै पक्ष आ–आफनो अडानमा रहेकाले बागमती प्रदेशको राजनीति थप पेचिलो बन्दै गएको छ ।