सम्पर्क

बाह्रबिसे– कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्ड सुधार गर्ने काम औपचारिक रुपमा सुरु भएको छ । भूकम्प, बाढी र पहिरोका कारण वषौँदेखी बिग्रिएको सडकलाई व्यवस्थित बनाउन सरकार अघि बढेको हो । यसका लागि करिब २ अर्ब ३७ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित गरिएको छ । सडक डिभिजन चरिकोटले ठेक्का प्रकिया पूरा गरी निमार्ण कम्पनीसँग सम्झौता गरेर काम सुरु गरिसकेको छ । करिब १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का समझौता भएको परियोजनाका काम मंसिरदेखी अगाडी बढाएको हो ।
परियोजना अन्तर्गत बाह्रबिसेदेखी कोदारीसम्मको २६ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरिनेछ । हाल विशेषगरी पहिरोको जोखिम भएका क्षेत्रमा पर्खाल र अन्य संरचना निर्माण्को काम तीव्र गतिमा भईरहेको छ । अहिलेसम्म करिब ७ प्रतिशत भौतिक प्रगति भएको बताईएको छ । निर्माण पक्षले आवश्यक सामाग्री र काममा अवरोध नआए तोकिएको समय भित्रनै काम सक्ने जनाएको छ । योजना अनुसार तीन वर्षभित्र सडक स्तरोन्नति पुरा गर्ने लक्ष्य राखिएको छ । यो सडक सुधार भएपछि उत्तरी नाकासम्मको आवतजावत सहज हुने र व्यापारिक गतिविधिमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।