सम्पर्क

समाचार

चैसागढी १४मा अगुवा कृषक सँग अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १४ले शनीबार वडा भित्र अगुवा कृषकहरु बिच अन्तरक्रिया गरेको छ । वडा अध्यक्ष उद्धब नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यलय सचिब जिबन भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अगुवा कृषकहरुले नगरपालिकाले दिने अनुदान वास्तविक कृषकको हातमा लानको लागी उत्पादनका आधारमा व्यवस्थापन गर्न एकरुपता कायम गर्न पर्ने बताएका थिए । daduwa  वडा सदस्यहरु तथा वडाका कृषी फर्महरुका प्रतिनिधीहरु समेत को उपस्थितीमा भएको छलफल ले तत्काल उत्पादन भएका तरकारीको बिबरण सकंलन गर्ने भएको छ । खाश गरी कृषि कार्यक्रम कसरी अगाडि बढाउने र १४ न वडालाई कसरी कृषि पकेट क्षेत्र बनाउने भन्ने बिषयमा छलफल केन्द्रीत भएको थियो ।कार्यक्रममा उत्पादनमुलक काममा अगाडि बढाउनकालागि स्थानीय सरकारको नीति तथा कार्यक्रम लाई अगाडि बढाउँनका लागि कसरी जाने भन्ने बिषयमा केन्द्रित...

ओखरको आयात बढ्दै

ब्रेकिङ न्युज १, समाचार
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै रसुवागढी नाकाबाट ओखर आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दशैंपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । दशैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौं प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि दशैं अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरेर पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो ।  ...

फस्ट स्टेपस नेपालमा आरण

ब्रेकिङ न्युज २, समाचार
शैक्षिक ब्यवस्थापन तथा ग्रेड शिक्षकहरुलाई शैक्षिक सुधारको लागि बिभिन्न कार्यक्रम गरिरहेको सस्था फस्ट स्टेपस नेपालको ११औ साधारण सभा सम्पन्न भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९ को अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको साधरण सभाले नँया कार्यसमिती पदाधिकारी निर्वाचित गरेकोछ । दुर्गाप्रसाद आरणको अध्यक्षतामा ९ सदस्यीय कार्य समितीको निर्वाचन भएको सचिब इशा तामागं ले जानकारी दिनु भयो । उँहाका अनुसार उपाध्यक्ष मा ज्ञानबहादुर तामाङ सचिब मा इशा तामाङ ,कोषाध्यक्ष मा दिपकप्रसाद अर्याल,सहसचीवमा मनिका तामाङ ,सहकोषाध्यक्षमा जनकराज गिरी,सदस्यहरुमा खेलराज गिरी,यमराज बि.क.,प्रमिला तामाङ रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष बिमल श्रेष्ठले शिक्षा क्षेत्रमा काम गरिरहेको सस्ंथा फस्ट स्टेपस नेपालले गरेका कामहरुको प्रशंसा गर्दै शिक्षा क्षेत्रको बिकासका लागी गरेको सहयोगको प्रशंसा गर...

नेपाल बार एशोसिएसन सिन्धुपाल्चोकको अध्यक्षमा पुन भुपेन्द्र

ब्रेकिङ न्युज २, समाचार
नेपाल बार एशोसिएसन जिल्ला इकाई सिन्धुपाल्चोकको अध्यक्षमा भुपेन्द्र तामाङ थिङ पुन निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको १७ औं अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद दंगाल, सचिवमा शसीनाथ आचार्य र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा क्रमश दिपक प्रधान, मधुकर मल्ल , सविन घिमिरे , सुरज नेपाल र विष्णु प्रसाद धिताल चयन हुनुभएको छ । त्यसैगरी यस्तै पार्षद सदस्यमा हरी वहादुर कार्की, झम्क लाल श्रेष्ठ चयन हुनुभयो । लक्ष्मी नानी थापाको संयोजकत्वमा सुनिता तामाङ र रिना तामाङ सदस्य रहने गरी जिल्ला बार महिला समिति समेत गठन भएको छ । पुन अध्यक्षमा निर्वाचित अध्यक्ष थिङले न्याय कुन्ठित भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो । आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा चन्द्र बहादुर बस्नेतले समेत अध्यक्षमा दावि गर्दै उम्मेदवारी दिएपछि पछि ...

राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्ति प्राप्त हुन सक्दछन् । कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ ।’ कुनै सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चारमाध्यम तथा पत्रकारले पत्रकार आचारसंहिताविपरीत कार्य गरिरहेको ...

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपाससहित सांस्कृतिक कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ । उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र...

छात्रा शिक्षामा डुडुवाको छुट्टै रणनीति

ब्रेकिङ न्युज २, राजनिती, समाचार
खजुरा, २८ असोज (रासस) ः ‘एसइइ पास छात्रा प्रोत्साहन कार्यक्रम र कन्या मुद्दती शिक्षा योजना’लाई बाँके जिल्लाको डुडुवा गाउँपालिकाले महत्वपूर्ण कार्यक्रमको रुपमा लागू गरेको छ । छात्रालाई उच्च शिक्षा हासिल गराउने यी दुई कार्यक्रमलाई पालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको छ । कन्या मुद्दती शिक्षा योजनाअन्तर्गत पालिकामा जन्मिने बालिकाको बैंकमा मुद्दती खाता खोलिन्छ । पालिकाले नै रु दश हजार राखेर खाता खोलिदिने गरेको छ । कन्या मुद्दती खाता योजनामा दुई वटा कुरालाई महत्वका साथ उठान गरिएको छ, पहिलो बालिकाले एसइइ उत्तीर्ण गर्नै पर्ने र दोस्रो २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने । बालिकालाई कम्तिमा एसइइसम्म पढाउन र बालविवाह रोक्न यो कार्यक्रम लागु गरिएको हो । यो दीर्घकालिन योजनाले २० वर्षपछि पालिकामा राम्रो नतिजा देखिने आशा गरिएको छ । पालिकामा अहिले बालविवाह ५० प्रतिशत बढी रहेको गैरसरकारी संस्थाहरुको ...

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

ब्रेकिङ न्युज १, समाचार
लुम्बिनी, २८ असोज (रासस) : “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन”, उहाँले भन्नुभयो । सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्...

सुनसान तातोपानी नाका

ब्रेकिङ न्युज २, समाचार
केही वर्ष अघिसम्म सबेरैदेखी राति अवेरसम्म ब्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल चिन सीमाछेउ तातोपानी बजारमा विगतमा ब्यापार गरेर भ्याईनभ्याई हुने होटल ब्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आईदिय पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्ट हाउस सञ्चालन गर्दै आउनुभएको शेर्पा घर वनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको ब्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर नखाउ भने दिनभरिको सिकार , खाउ भने कान्छा बाउको अनुहार भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् ।नाका चल्यो भने गरि खान पाईएला नत्र अब छा...

निर्वाचनमा भएको खर्च बिबरण सुरक्षाकर्मीमार्फतसंकलन गरिने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगद्धारा जारी बिज्ञप्तीमा यस्तो जनाइएको हो आयोगका सहसचिब एवम प्रबक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी बिज्ञेप्तीमा संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको छ । यसै सन्दर्भमा आज मिति २०७९ असोज २७ गते बसेको आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकबाट उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नु पर्ने भएकोले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहि...