सम्पर्क

समाचार

चोरी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने वर्ष ५६ को रामजी बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टेलिले काठमाण्डौ पुरानो बसपार्कबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई बिहिबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।...

बाणिज्य संघ दोलालघाटको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

समाचार
हुकुम लामा/दोलालघाट उद्योग बाणिज्य संघ दोलालघाटको दोस्रो बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको प्रमुख आतिथ्यतामा दुलाललेश्वर वातावरणीय तथा समाज सेवा क्लवको कार्यालय भवनमा साधरण सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पसछेले संघले सुरुवाती चरणमा कछुवाको तालमै भएपनी संघका काम र कर्तब्य प्रति पुर्ण जिम्मेवार भई गरेका कार्यप्रति सन्तुष्ट भएको ब्यक्त गर्नु भयो ।उहाँले देशमा भई रहेको आर्थिक मंदि तथा बितिय संस्थाबाट गरिएको चर्को ब्याजदरको मार्कामा परेको विषम परिस्थितीमा ब्यावसायीहरुलाई लक्षित गर्दै यसबाट नआतिन आग्रह गर्नुका साथै ब्यावसायीहरुको हक हितको साथमा संस्था बिकासको निमित्त हरेक गतिबिधीमा हातेमालो गर्दै जाने प्रतिबद्धता जनाउँनु भयो । उाहाले आर्थिक तरलताको अवस्थालाई मध्य नजर गर्दै संस्था संचालन सहजिकरणको निमित एकलाख...

कृषि ज्ञान केन्द्रद्धारा सिन्धुपाल्चोक र काभ्रेका ६ कृषक पुरस्कृत

ब्रेकिङ न्युज २, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सिन्धुपाल्चोक र काभ्रेका ६ जना कृषक पुरस्कृत गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ३÷३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का झलक प्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य , काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा रहनुभएको छ । उहाँहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाडी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाई र कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो ।...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाइयो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकद्वारा नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सदरमुकाम चौतारामा भब्य रुपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले अहिलेको वर्तमान सरकार राप्रपाको एजेन्डामा हिड्ने प्रतिवद्धता भएकोले पहीलो एजेण्टामा रहेको पृथ्वी जयन्ती तथा राष्टीय एकता दिबश मनाउँनका लागी पौष २७ गतेका दिन सार्वजनिक बिदा समेत दिने निर्णय गरेको बताउनुभयो । उहाँले राप्रपा सहभागी नभएको मन्त्री परिषदले गरेको ले सरकारलाई समर्थन र बिश्वासको मत दिएको र अब राप्रपा सरकारमा गएर आफ्नो एजेण्डा कार्यन्वयनमा ल्याउँने बताउँन भयो । कार्यक्रमका सभापती राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले पार्टीले उहाँले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वताउनुभयो । स...

चोरी मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने ५५ वषर््िाय दुर्गा बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई मंगलबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।...

खुला जिमशाला सञ्चालनमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा खुला जिमशाला सञ्चालनमा आएको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ नगरपालिकाले खुला जिमशाला निर्माण गरेको बताउनुभयो । नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त समेत गर्नुभयो । स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको बताउँदै सापकोटाले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, पूर्वमेयर अमानसिं तामाङ लगायत वक्ताहरुले व्यायमशालाको महत्व र औचित्यमाथि चर्चा गर्नुभएको थियो ।...

कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक ऐन २०७९ ले प्रदान गरेको छुट तथा सहुलियत सुविधाको बिषय र आम प्रकृयाको बारेमा कर अधिकृत डुन्डीराज दाहालले प्रश्ट्याएको थियो । सहभागीहरुले कर सम्वन्धि मिसम्याचको समस्या झेल्नुपरेको र दोहोरो कर तिर्नुपरेको जस्ता बिषयबस्तु उठान गरेको थियो भने सहभागीको प्रश्नमा कर अधिकृतले जवाफ दिनुभएको थियो । उद्योग बाणिज्य संघको शाखा कार्यालय चौताराको सभाहलमा भएको कार्यक्रममा कर कार्यालयका लेखापाल गोकर्ण कोईरला र नायव सुब्बा बिजय उपाध्याय , नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्व प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ , निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ र चौताराका उद्योगी तथा ब...

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नं. १२ भेडिचौर चालेचार्पाबाट अवैध सिसौको काठ सहित चार जना पक्राउ परेका छन् । सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ काठको गोलिया ३० थान लोड भएको ना ६ त ३३३० नम्बरको ट्याक्टर सहित निम्न ४ जना मानिसहरुलाई फेला पारी चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईन्द्रावति गा.पा.१२ बस्ने वर्ष ५० को पार्वती दनुवार, सोही ठाउँ बस्ने वर्ष ६० को ठुली माया दनुवार, वर्ष ५० को सानुकान्छी दनुवार, वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् । उनीहरुलाई आईतबार विहान ११ः३० बजेको समयमा पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज डिभिजन वन कार्यालय चौतारामा बुझाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।...

मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण

ब्रेकिङ न्युज २, समाचार
मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा बालकृष्ण देउजा चयन हुनुभएको छ । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट देउजा अध्यक्षमा चयन हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा,कोषाध्यक्षमा चरी बहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुमन श्रेष्ठ, दिलिप बस्नेत,तिलक सापकोटा,सनिश श्रेष्ठ,राजेन्द्र दुलाल,हरिचन्द्र श्रेष्ठ,पुष्प पराजुली,सपना थापा सुकुलाल तामाङ,रोहित दोङ,रिना श्रेष्ठ,सुमन पाण्डे,रामचन्द्र थापा,साधुराम खतिवडा,राजेन्द्र लामा चयन हुनुभएको छ ।...

आजबाट विश्व हिन्दू परिषद्को शुभचिन्तक अभियान शुरू

समाचार
राजाराम दास विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ । परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिन्छ । सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताउनु भयो । राष्ट्र, धर्म र समाज रक्षा गर्न एवं नेपाल जस्तो पावन देवभूमीबाट धर्मान्तरण, गौहत्या, हिन्दूहरुको अपमान, शोषण, दमन, आतंक...