सम्पर्क

समाचार

आगलागी पिडीतलाइ उपप्रमुख मन्जुद्धारा राहत हस्तानन्तरण

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिनधुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका को उप प्रमुख मन्जु तामाङ्गले घुमाङ दलित बस्तीमा आगो लागि भइ ज्यान गुमाउँनेका परिबारलाइ तत्कालका लागि अति आवश्यक खाध्यान्न सामान र लत्ताकपडा हस्तान्तरण गर्नु भएको छ । काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा सोमबार बाह्रविसे नगरपालिका ८ का वर्ष ४५ का लोकबहादुर नेपालीको निधन भएको थियो । सोमबार बेलुकी ८ बजेतिर भएको आगलागीबाट घर जलेर पुरै नष्ट भएको थियो । घटना को जानकारी हुनसाथ नगर प्रमुख बालकृष्ण बस्नेत सहीतको टोली घटना स्थल पुगेको थियो । तत्काल सुरक्षाकर्मी सहीत जनप्रतिनीधी घटना स्थलमा पुग्दा नेपाली जली सकेको अबस्थामा भेटीएको प्रहरीले जनाएको छ । तत्काल घटना स्थलमा पुग्नु भएका नगर प्रमुख बस्नेतले दुख ब्यक्त गर्दै पिडीत परिबारको बालबालीकालाइ नगर पालिकाले शिक्षाको ब्यवस्था मिलाउँने बताउँनु भएको थियो । उक्त घटनाको पिडित परिवारलाइ तत्कालक...

जुगलको बिकट गुम्बा गाउँमा विद्युतीकरण उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित बिकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा ’सुबोध’ले मंगलबार विद्युतीकरणको उद्घाटन गर्नु भए को हो ।सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा विजुली बालेर कार्यक्रम सुभारम्भ गर्नु भएको हो ।गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरु अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । निवर्तमान सभामुख, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधब सापकोटाको बिशेष पहलमा जुगल गाउँपालिका ३ ( साबिकको गुम्बा गा. वि. स. ) को गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । जनप्रतिनिधि नहुँदै जुगल हिमाल आरोहणमा सहभागी हुनुभएका सापकोटाले सो क्षेत्रमा निर्वा...

आगोलागि पिडितलाई राहत

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । सोमबार बाह्रविसे नगरपालिका –८ मा आगलागी हुँदा लोक बहादुर नेपालीको मृत्यु भएको थियो । बाह्रबिसे नगरपालिका उपप्रमुख मन्जु तामाङको संयोजकत्वमा विपत व्यवस्थापनका प्रमुख दुर्गा प्रसाद भण्डारी, इलाका प्रहरी तथा वडाको सचिवलगायतको टोलीले घटना स्थलमा पुगेर सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ । पिडित परिवारलाई तत्कालका लागि अति आवश्यक खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको नगरपालिका उपप्रमुख मन्जु तामाङले जानकारी दिनुभयो । सोमबार बेलुकी सवाँ ८ बजेतिर घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई घरभित्र रहेको एलपी ग्याँस सिलिन्डर पड्किदा ४५ का लोक बहादुर नेपालीको मृत्यु भएको थियो ।...

विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकासँगको समन्वयमा टुकि संघ सुनकोशीले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक सामग्री वितरण गरिएको छ । मंगलबार सुनकोसी गाउँपालिका –१ ठोकर्पामा रहेको बाघभैरव माध्यमिक विद्यालयका १२३ जना विद्यार्थिहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो । सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, टुकि संघका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेल लगाएतले उक्त सामग्री वितरण गर्नु भएको थियोे । यसबाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो । सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अङ्ग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नगरपालिकाको पहलमा वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका...

अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

ब्रेकिङ न्युज १, समाचार
३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माध्यमिक विद्यालया अपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ । १८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्य र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका तथा जेस्ठ नागरिक शाखाकि प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो । आगामी दिनमा बाँकी रहेका विद्यालयमा पनि वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।...

धुस्कुनको विद्यालयहरुमा निःशुल्क दन्त शिविर सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ धुस्कुन स्थितका विद्यालयहरुमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महेन्द्र प्रताप मावि व्यवस्थापन समितिको नेतृत्व एवं विद्यालयको सल्लाहकार समितिको विशेष पहल र व्यवस्थापनमा श्री महेन्द्र प्रताप माबी धुस्कुन र ॐ चावहिल डेन्टल हस्पिटल प्रा.लि. चाबहिल काठमाडौंको संयुक्त आयोजनामा शनिबार निशुल्क दन्त शिविर सञ्चालन गरिएको थियो । धुस्कुनको महेन्द्र प्रताप मा.वि, देउपुज्य, धुस्कन आधारभूत विद्यालय बेते, सेतीदेवी आधारभूत विद्यालय टुम्मल र सिद्दिकाली आधारभूत विद्यालय सुनकोसीमा “१ दिने निःशुल्क दन्त परीक्षण शिविर“ संचालन सम्पन्न गरिएको महेन्द्र प्रताप माबिका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माधव भण्डारीले बताउनु भयो । उक्त कार्यक्रमको प्रमुख आतिथि नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना रहनुभएको थियो भने ॐ चाबहिल डेण्...

अबको विकास सहकारीताको माध्यामबाटः सुबोध

कृषि, ब्रेकिङ न्युज २, विचार, समाचार
  अबको विकासको चरण सहकारीताको माध्यामबाट प्रभावकारी हुने सघीय सासद माननीय माधबकुमार सापकोटा सुबोधले बताउँनु भउको छ । उँहाले सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको आलोपालो अग्रसर बहुउद्देश्य सहकारी संस्थाको १० औं वार्षिक सााधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।    उँहालेजनताको आर्थिक जीवन उकास्न सहकारीलाई व्यवस्थि गर्न पर्ने भन्नु हँुदै सहकारीको माध्यामबाट जनतालाई आय आर्जनका काममा सरिक गराउन सकिने भएकाले सकारले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँनु भयो । उँहाले केही सहकारीहरुले सहकारीको सिद्धान्त विपरित काम गरेका कारण सरकारको नियम पालना गरी सहकारी सिद्धान्त अनुसार काम गरिरहेका सहकारीहरु बदनाम भएको बताउँदै त्यस्ता सहकारीलाई सरकारले नियमन गर्न आवश्यक रहेको बताउँनु भयो ।सहकारीताका माध्ययमबाट गरेका कामहरु प्राय सबै सफलताका बाटोमा रह...

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १६ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्न...

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

ब्रेकिङ न्युज २, समाचार
चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ । चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक ख...