सम्पर्क

समाचार

जी.एल.ए दोश्रो संस्करण हाजिरी जवाफ प्रतियोगिता १२ टिम दोश्रो चरणमा प्रबेस

समाचार
गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलवारीमा रहेको गोकर्णेश्वर लाइट एकेडेमीद्वारा आयोजना गरिएको GLA Quiz Mania Season –II मा १२ टिम दोश्रो चरणमा प्रवेश गरेका छन् । काठमाडांै र भक्तपुर जिल्लाको बिभिन्न ३६ टिम सम्मिलित विद्यालयलाई ६ समुहमा विभाजन गरिएको थियो । उक्त समूह अन्तर्गत समूह ’क ’ बाट स्वर्ण शिक्षा स्कुल र हिल साइड एकेडेमी , समूह ’ख’ बाट फुल ब्राइट एकेडेमी र विन्सम स्कुल , समूह ’ग’ बाट भेनस पब्लिक स्कुल र नवसुन्ताखान एकेडेमी , समूह ’घ’ बाट हिमशृंखला एकेडेमी र अल्पाइन एकेडेमी, समूह ’ङ’ बाट मिनिल्याण्ड स्कुल र सेचन महाबौद्ध स्कुल र समूह ’च’ बाट सेलिब्रेसन को एड र कुण्डलिनी स्कुल दोश्रो चरणमा प्रबेस गरेका छन् । विद्यालयको प्रांङ्गणमा आयोजित कार्यक्रममा विद्यालय संचालक समिति अध्यक्ष झम्कनाथ पराजुलीको सभापतित्वमा गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपाल...

डडुवाका तरकारी खेती गर्ने कृषक मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १४मा गत बर्ष बर्ष करिब एघार लाख किलो गोलभेडा उत्पादन गरेर बिक्री गरेका कृषकले यस बर्ष त्यसको आधारमा गोलभेडा नबीके पछी मारमा परेका छन ।    दैनीक ४०० ,५०० क्रेट गोलभेडा बिक्ने उक्त गाँउमा अहीले मुस्कीलले २००, ३००क्रेट भन्दा बढी बिक्री भएको छैन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४को मुख्य आयश्रोत भनेकै तरकारी र दुध हो । दुध र तरकारी बेचेर बार्षीक तिन चार लाख बचत गरीरहेका किसान यसबर्ष भने गोलभेडाको भाउ नभएको र बजार नपाएका कारण घाटामा जाने पक्का भएको छ । गत बर्ष तिन लाख सत्तरी हजारको गोलभेडा बेचेका रेशम बहादुर आले मगर यस बर्ष एकलाख पनी लिन नपाएको गुनासो गर्नू हुन्छ । यस बर्ष बिउ,गोडमेल तथा औषधी समेत गरेर तिन लाख जती खर्च भयो गत बर्षको हिसावमा करिब ६लाख बराबर आउँने ठाँउमा लगानी पनी नआउँने हँुदा मारमा परेको बताउँनु हुन्छ । त्यसै गरी गोलभ...

रसुवा सहित तिन जिल्ला समन्वय प्रमुख चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर प्रसाद थापा, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी र जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे सहितको टोलीले सिन्धुपाल्चोक जिल्ला समन्वय प्रमुखसँँग भेट गर्नुभएको छ । भेटघाट तथा भ्रमणको सिलसिलामा सिन्धुपाल्चोक आइपुग्नु भएका समन्वय प्रमुखहरुले सिन्धुपाल्चोकमा भए गरेका कामहरुका बारेमा चासो राख्नुभएको थियो । सोही अवसरमा आ–आफ्ना जिल्लाका गतिबिधीका बारेमा समेत जानकारी गराईएको जिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका प्रेम दङ्गालले जानकारी दिनुभयो।उँहाका अनुसार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको सभाहल चौतारामा जिल्ला समन्वय समितीका प्रमुखहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । समन्वय प्रमुख श्रेष्ठले अतिथी सत्कारका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । भेटघाट सकार...

ट्राफिक प्रहरीद्धारा छड्के चेक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका सन्तोष ज्ञवाली प्राय दुर्घटनाको जोखिम हुने स्थानमा अघोषित रुपमा सवारी गती तथा कागजपत्र चेकजाँच तथा सवारीको अबस्थाका बारेमा जानकारी लिन ब्यस्त रहनु भएको छ ।  ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले आफ्नो पहिलो दायित्व भनेकै दुर्घटना शुन्यमा लैजानु हो भन्दै सकेसम्म दुर्घटना हुनै नदिनका लागी सम्भाबित स्थानहरुमा सवारी चेकजाँच गर्ने यसो गर्दा सवारीको गती कमी हुने प्रहरीले चेकजाँच गर्ने ठाउँ भनेपछी सवारी चालकले अरु समय भन्दा अलि होसियार पुर्बक सवारी चलाउँने हुँदा दुर्घटना पनी नहुने र सवारी सञ्चालनमा हुने गरेको अनियमितता पनी नहुने भएकाले यसरी सवारी चेकीङ्ग गरेको प्रमुख ज्ञावलीलले बताउँनु भयो । प्रायगरी ट्राफिक प्रहरीले बन्देउ चौतारा सडक, बाह्रबिसे सुकुटे बलेफी क्षेत्रका सडकहरुमा सवारी चेकजाँच गरिरहेको छ ।...

१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति

ब्रेकिङ न्युज २, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले आज छ सदस्यीय छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना समेत रहनुभएको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट गएराति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो । चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ । रासस...

तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
मंसिर २१,बाह्रबिसे । बाह्रबिसे नगरपालिकाको सहयोगमा नेपाल तोक्वान्दो संघ सिन्धुपाल्चोकको आयोजनामा भएको तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले हात पारेको छ । मंसिर १९ र २० गते जिल्लाको बाह्रबिसे नगरपालिका को कवड हलमा दुईदिन सम्म भएको राष्ट्रिय प्रतियोगिताको उपाधी नेपाल आर्मीले १० स्वर्ण, ६ रजत र ३ कास्य गरी १९ पदक प्राप्त गरी प्रथम भएको हो । यस्तै नेपाल प्रहरीले ७ स्वर्ण, ६ रजत र १ कास्य गरी १४ पदक सहित दोस्रो भएको हो। सशस्त्र प्रहरी बलले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी १५ पदक पाएर तृतीय भएको छ भने आयोजक टिम एक स्वर्ण ६ रजत ल्याएर चौथो भएको छ । यसैगरी ४९ के..जी को महिला तर्फ सशस्त्र प्रहरीकी दिक्षा तामाङ उत्कृष्ट खेलाडी भएकी छिन् भने ६८ के.जीको पूरुष तर्फ नेपाल प्रहरीका सागर घिमिरे उत्कृष्ट भएका छन् । प्रथम हुने टिमले ७० हजार, द्वितीयले ५० हजार र तृतीयलाई...

वडा सदस्यलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा जाहेरी

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का बलराम गिरी लगाएत १० जनाले आफुहरुलाई अभद्र व्यवहार गर्दै आफुहरुको ज्यान मार्ने धम्की दिएको सोही वडाका वडा सदस्य दिलीप गिरीले बताउँनु भएको छ । वडा सदस्य गिरीले आफुहरु जनप्रतिनिधी भएका कारण समाजमा बिकास निर्माणका कामहरु देखी लिएर बिभिन्न सामाजिक कामहरुका साथ प्रत्यक्ष वडाबासीकहाँ पुग्न पर्ने भएकाले जुन बेला जे पनी हुन सक्ने भन्दै सुरक्षाका समेत माग गरिएको बताँउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा बुझाएको निबेदनमा स्थानीय बलराम गिरी सहितको उक्त अराजक समुहले खानेपानी, सिचाइ, तथा सडक खन्ने बिषयमा सरोकार वालाहरुलाई बोलाइ उपभोक्ता समितीका बारेमा छलफल गर्न लाग्दा मंसिर १४ गते दिनको १ बजेका समयमा एक्कासी बैठक हलमा प्रबेस गरी कार्यालय प्रमुख वडा सचिब लक्ष्मी प्रसाद धमलालाई जबर्जस्ति सचिबको कुर्सीबाट हटाएर हातपात गरी वडा कार्यलयबाट बाह...

खेल जगतले विश्वसामु चिनाउछ ःस्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेल जगतले विश्वसामु चिनाउने बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई समापन गर्दै यस्तो बताउनुभएको हो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताउनुभयो । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविष्य रहने बताउनुभयो । आफु पनि खेलाडी रहेको भन्दै उहाँले जिल्लामा खेलाडी उत्पादन गर्न आफु सदैव साथ रहेको उहाँको भनाई छ । उहाँले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आ आफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने बताउनुभयो । हाँले राम्रा...

पाँचपोखरीमा ट्रेकिङ गाईड तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीमा ट्रेकिङ गाईड तालिम सुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका र जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका – ६ टारमा १५ दिने ट्रेकिङ गाईड तालिम सुरु भएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Qm\LRP) बिचको साझेदारीमा बुधबारबाट सुरु भएको तालिम पुस ४ गतेसम्म चल्ने गाउँपालिकाका कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको पाँचपोखरीमा पर्यटनको प्रर्वद्धन गरी स्थानिय स्तरमै रोजगारीको सिर्जना गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । उहाँले पाँचपोखरीलाई पर्यटनको हब बनाउनका लागी गाउँपालिका लागी रहेको बताउनुभयो । तालिममा गाउँपालिक...

स्वास्थ्यको मुल श्रोत भनेकै खेलकुद हो ः बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्यको मुल श्रोत भनेकै खेलकुद भएको बाह्र्रबिसे नगरपालिकाक प्रमुख बाल कृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले कुनै पनी प्राणीहरुको शारिरीक बिकासका लागी स्वास्थ्यको महत्व हुन्छ , प्राणीहरु स्वास्थ्य रहनका लागी शारिरीक वायमको आबश्यकता हुन्छ , त्यो खेलकुदमा मात्र छ । त्यसैले यसको मुलश्रोत भनेको खेल जगत भएका ले यसको बिकासका लागी आफु लागी परेको बताउँनु भयो । उँहाले मङ्गलबार तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगर पालिकामा यसरी प्रतियोगिता गर्न पाउँदा आफुलाइ खुशी लागेको बताउँदै बस्नेतले यसका लागी नगरपालिकाले आबश्यक व्यवस्थापन गरेको बताउँनु भयो । मङ्गल बार र बुधबार गरी दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामा सात प्रदेश,तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ समुहका खेलाडीहरु सहभागी रहनु भएको छ । ‘खे...