सिसि क्यामेराको सहायताले टायर चोर पक्राउ
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ मेलचौर बजारमा मेलचौर युवा जागरणले जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा बोलेरो (ट्याक्स) गाडिको स्पियर टायर चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ ।
सोमबार राति १२ बजे मेलचौर बजारमा पार्किङमा राखिएको स्थानीय कृष्ण प्रसाद दङ्गालको बोलेरो (ट्याक्स) गाडिको स्पियर टायर राखेको अवस्थामा नभएपछी खोजी गर्नका लागी सिसिक्यामारामा हेर्दा उक्त टायर लाने गाडी फेला परेको र सो अबस्थामा उक्त गाडी कदमबास तिरबाट आउँदै गर्दा मेलचौर बजारमा स्थानीयहरुले पक्राउ गर्न सफल भएको स्थानीय समाजसेवी तथा ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।
फुटेजको आधारमा आज बिहान सोहि बोलेरोलाई मेलचौर बजारतर्फ फर्किदै गर्दा स्थानियबाट सोधपुछ गरि सोहि गाडीमा टायर जडान गरिएको पाइएकाले सो घटनामा संलग्न व्यक्तिहरु...
