ईन्द्रावती गाउँपालिकाको दोस्रो गाँउ सभाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
आईतबार गाउँ सभाले २ विधेयक समेत सर्वसम्मतीले पास गरेको छ । गाँउसभाले शिक्षा ऐन पहिलो संसोधन विधेयक २०८० र खेलकुद बिकास विधेयक २०८० लाई सर्वसम्मतीले पास गरेको हो । यस्तै गाउँ सभाले बिनियोजन ऐन आर्थीक बर्ष २०८०÷०८१ को संसोधन प्रस्ताव योजना तथा कार्यक्रम संसोधन सम्बन्धि प्रश्ताव (रकमान्तर) समेत पास गरेको छ । यसका साथै गाउँसभाले ८ वटा कार्यविधि पास गरेको छ ।
शुन्य समयमा बोल्दै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरिले सामाजिक सुरक्षा भत्ता हात हातमा वितरण गर्नुपर्ने जसले गर्दा जनता र जनप्रतिनिधिको दुरि कम हुने बताउनुभएको थियो । कक्षा १२ सम्म नै दिवा खाजाको व्यावस्था गनुपर्ने पनि उहाँले बताउनुभएको छ । १ वडा १ दुध चिस्यान केन्द्र स्थापना र मल वितरणमा अनुदानको ब्यबस्था हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । यस्तै वडा सदस्य खिल प्रसाद आचार्यले अघिल्लो बैठक स्थगित हुनुको कारण माग गर्नुका साथै गाउँसभाका सदस्यहरुलाई टेवल माग गर्नुभएको छ । वडा सदस्य टोम प्रसाद भट्टराईले वडा सदस्य हरुलाई पनि अधिकार दिएर योजना अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो । साथै वडा सदस्य तिर्थबहादुर तामाङले गाँउ सभा स्थगित हुनको कारण माग गर्नुभएको थियो । बिषयगत समितिको समय समयमा बैठक बस्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । जनप्रतिनिधिको विमा लगायतको बिषयमा उहाँले शुन्य समयमा बोल्नुभएको थियो । यस्तै वडा सदस्य हेमन तामाङले जनप्रतिनिधि र कर्मचारी बिचको खाडल पुरीनुपर्नेमा जोड दिनुभएको छ । शुन्य समयमा गाँउसभाका सदस्यहरुको गुनासोलाईृ सम्बोधन गर्दै ईन्द्रावती गाँउपालिकाका अध्उयक्ष झम्कनाथ नेपालले इन्द्रावतीमा सत्तापक्ष र प्रतिपक्षी नभएको भन्दै सबै जनप्रतिनिधिको समान भएको बताउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्षी भन्नु मनोवैज्ञानिक असर भएको नेपालको भनाइ थियो । काम गर्ने क्रममा कमी कमजोरी र त्रुटि हुने भएकाले कमजोरीलाई सच्याउदै जानुको विकल्प नभएको उहाँले बताउनुभयो । अघिल्लो गाँउ सभा गणपुरक सङ्ख्या नपुगेका कारण स्थगित भएको अध्यक्ष नेपालले स्पष्ठ पार्नुभयो ।
उहाँले इन्द्रावतीलाई समृद्ध बनाउनका लागी र स्थानीयलाई लाभान्वित बनाउनका लागी सबैसँग बसेर छलफल गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले किसानलाई दुध उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गर्दै चिस्यान केन्द्र राख्नको लागी गाउँपालिका सकारात्मक रहेको बताउनुभयो । मल बिक्री वितरणमा आएको समस्या समाधान गर्नका लागी उहाँले प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराउनुभयो । विधायन समितिका संयोजक तथा वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम लामाले शिक्षा ऐन पहिलो संंशोधन विधेयक २०८० प्रश्तुत गर्नुभएको थियो भने गाउँपालिकाका प्रवक्ता सशिनाथ आचार्यले खेलकुद विकास विधेयक २०८० प्रस्तुत गर्नुभयो । उपाध्यक्ष सोभना तामाङले आर्थिक बर्ष २०८०÷८१को संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बनेका कानुन र निर्देशिका कार्यविधि प्रस्तुत गर्नुभएको थियो । अहिलेसम्म गाउँपालिकामा ८ वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा आएको दुलालले जानकारी दिनुभयो ।
