ठोकर्पा
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ ठोकर्पामा माविमा निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सि (बिनोद) को पहलमा तेक्वान्दो खेल सुरू गरिएको छ ।
स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलाडी भन्ने नारालाई आत्मसात गर्दै तेक्वान्दो खेल खेलाउनु पर्ने विद्यार्थीहरूको आत्मरक्षा पनि हुने खेलको बिकास पनि हुने ठोकर्पा माविमा मात्र नभए र सुनकोशी गाउँपालिका भरिकै मावि विद्यालयहरूमा तेक्वान्दो खेल सिकाउने ब्यबस्था मिलाउन पहल गर्ने पनि बताउनु भयो ।
तेक्वान्दो खेल सञ्चालनका गर्न अनुमति नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले दिएको हो ।
तेक्वान्दो खेलको बिकासका लागि आवश्यक इजाजत र प्रशिक्षण गराउन प्रशिक्षक उपलब्ध गराउने निःस्वार्थ सिन्धुपाल्चोक जिल्लामा बिना पारिश्रमिक तेक्वान्दो सिकाउदै आएको र सँधै तेक्वान्दो बिकासमा लागि रहने नेपाल तेक्वान्दो संघका सिन्धुपाल्चोकका अध्यक्ष तथा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारीले बताउनु भयो ।
कार्यक्रममा संघको तर्फबाट तेक्वान्दो संघ सिन्धुपाल्चोकका सह–सचिब कुमार बस्नेत, सुनकोशी गाउपालिका वडा नं. २ का वडा अध्यक्ष पुर्ण बहादुर महत, ठोकर्पा माबिका, प्रअ रामचन्द्र पौड्याल, बिव्यस अध्यक्ष बसन्त महत र सहयोग गर्नूहुने रामचन्द्र जिसि लगाएतको उपस्थित रहेको थियो ।
उक्त खेल जिल्ला सदस्य तथा तेस्रो डान माधव बिश्वकर्माले प्रशिक्षण गराउनु हुने संघका प्रतिनिधि कुमार बस्नेतले जानकारी दिनुभयो ।
